IME Life
Beema Board

बरुण हाइड्रोपावरले आजदेखि ३ लाख ५५ हजार कित्ता हकप्रद लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावरले आज कार्तिक १४ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।

Prabhu
Crest

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।

कम्पनीले निष्काशन गरेको हकप्रद शेयर असोज २६ गते बाँडफाँड भएको थियो । कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म कम्पनीको हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १स्१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।

लिलामी शेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु विरगञ्ज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, बाग्लुङ्ग बजार९बाग्लुङ्ग, बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली, विर्तामोड झापा, हेटौडा मकवानपुर, तुल्सीपुर दाङ्ग, महेन्द्रनगर कञ्चनपुर, विराटनगर९मोरङ र क्षेत्रीय कार्यालय पोखराबाट आवेदन दिन सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS