IME Life
Beema Board

भारतमा नेपाली पूनर्बीमकको व्यवसायमा अघोषित रोक लगाउने तयारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा नियामक आइआरडिएआइले भारतीय पूनर्बीमा बजारमा सक्रिय ३ सय भन्दा बढी अन्तरसीमा पूनर्बीमकको व्यवसायमा नीतिगत अवरोध खडा गरेको छ । आइआरडिएआइले भारतमा कार्यालय नभएपनि दलालमार्फत् अन्तरसीमा पूनर्बीमा सेवा प्रदान गर्दै आएका बीमकलाई कसिकसाउ गर्दै निरुत्साहित गर्ने प्रयास गरेको हो । आइआरडिएआइले अन्तरसीमा पूनर्बीमकले कूल संकलित बीमाशुल्कको न्यूनत्तम पचास प्रतिशत रकम भारतीय बैंकमा निक्षेप कायम राख्नुपर्ने प्रावधान प्रस्ताव गरेको छ । यसबाहेक यस्तो निक्षेपवापतको रकम सरकारी धितोपत्रमा लगानी गर्नुपर्ने प्रावधान समेत प्रस्ताव गरेको छ ।

नयाँ कडाईसँगै नेपाल पूनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले भारतबाट प्राप्त गरिरहेको पूनर्बीमा व्यवसाय गुमाउनुपर्ने अवस्था देखिएको छ । पूनर्बीमा व्यवसायको तेश्रो अर्थात् अन्तिम प्राथमिकतामा पर्ने भएकाले नेपालको पूनर्बीमा कम्पनीले भारतीय बजारबाट प्राप्त भइरहेको पूनर्बीमा व्यवसाय गुम्न नदिनको लागी नियामकले तोके बराबरको पूँजी लगानी गरेर नेपाली पूनर्बीमकले भारतमै शाखा संचालन गर्नुपर्नेछ । तर नेपालको लगानी सम्बन्धी प्रावधानले स्वदेशी कम्पनीलाई विदेशमा पूँजी लगानीमा रोक लगाएको छ ।

Prabhu
Crest

भारतीय निर्जीवन बीमकको व्यवसायको पूनर्बीमा गर्ने प्राथमिकताको क्रममा अन्तरसीमा पूनर्बीमकलाई पुछारमा राखिएको छ । तिनीहरूलाई व्यवसाय दिनु अघि, भारतीय पूनर्बीमकहरु जिआइसी रि, विदेशी पूनर्बीमकका शाखाहरू र भारतमा उपलब्ध लोयड्सले अस्वीकार गरेको हुनुपर्छ। संचालन खर्च न्यून हुने भएकाले व्यवसाय प्राप्त गर्नको लागी अन्तरसीमा पूनर्बीमकले अन्य पूनर्बीमकभन्दा सस्तो मूल्य प्रस्ताव गर्छन्।

आइआरडिएआइले भन्यो कि प्रति अन्तरसीमा पूनर्बीमकलाई अनुमति दिईएको अधिकतम समग्र सीमा त्रिपल बी रेटिङ भएका अन्तरसीमा पूनर्बीमकको लागि १० प्रतिशत, त्रिपल बी प्लस रेटिङको लागि १७.५ प्रतिशत र एप्लस सम्म र एप्लस भन्दा माथिको रेटिङको लागि २५ प्रतिशत मात्र हुनेछ। अर्कोतर्फ, आइआरडिएआइले विद्यमान पूनर्बीमा नियमहरूमा ठूला परिवर्तनहरू ल्याउने प्रस्ताव गरेको छ र भारतमा विदेशी पूनर्बीमा शाखाहरूको न्यूनत्तम पूँजी विद्यमान भारु १ अर्बबाट ५० करोडमा ल्याएको छ।

विज्ञहरूका अनुसार, भारतीय बीमा नियामकले अन्तरसीमा पूनर्बीमकको कारोबारमा अंकुश लगाउने र विदेशी पूनर्बीमक शाखालाई सहुलियत प्रदान गर्ने रणनीति लिएर, अन्तरसीमा पूनर्बीमकलाई नियामक पूँजी लगानी गरेर भारतमै कार्यालय संचालन गर्न बाध्य पार्ने वा अन्तर्राष्ट्रिय वित्तीय सेवा प्राधिकरणमा आबद्ध गराउन चाहन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS