IME Life

बाणिज्य बैंकहरुको मुनाफामा सामान्य सुधार, १२ वटाको घट्दा कसको कतिले बढ्यो (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकको मुनाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा समान्य सुधार देखिएको छ । समग्रमा बैंकहरुको मुनाफा ५.९४ प्रतिशतले सुधार भए पनि १२ वटा बाणिज्य बैंकको मुनाफा गत वर्षको तुलनामा घटेको छ ।

यस अवधिमा मुनाफामा सबैभन्दा धेरै एनआइसी एशियाले छलाङ मारेको छ । मर्जरले पूँजी तथा खुद व्याज आम्दानीमा अगाडी रहेका बाणिज्य बैंकहरुलाई पछाडी पार्दै एनआइसी एशिया मुनाफामा एक नम्बरमा आएको छ । बैंकले यस अवधिमा एक अर्ब ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंक गत वर्षको यहि अवधिमा एक अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो ।

Prabhu
Crest

दोस्रो स्थानमा रहेको नविल बैंकले एक अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्त गरे पनि बैंकले मुनाफामा पहिलो स्थान हासिल गर्न भने सकेन । बैंकको गत वर्षको यहि अवधिको मुनाफा एक अर्ब ११ करोड थियो । तेस्रो स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २४ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा चौथो स्थानमा रहेको ग्लोबल आइएमईको एक अर्ब १८ करोड मात्रै छ ।

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा २३ प्रतिशतले बढेर एक अर्ब १४ करोड पुगेको छ । छैठौ स्थानमा रहेको कुमारी बैंक पहिलो त्रैमाशिक अवधिमै अर्बपति क्लबमा उक्लिएको छ । कुमारी सहित ६ बाणिज्य बैंक अर्बपति क्लबमा छन् । गत वर्षको यहि अधविमा एक अर्ब माथि मुनाफा आर्जन गरेको एनएमबी बैंकको यस वर्ष भने १३ प्रतिशतले गिरावट भएर ९० करोडमा झरेको छ ।

यस वर्ष एनएमबी सहित प्राइम बैंक, नेपाल बैंक, सानिमा बैंक, एनसिसी बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र सनराइज बैंकको मुनाफा घटेको छ । प्रतिशतका हिसावले सबैभन्दा धेरै सनराइज बैंकको ६१ प्रतिशतले घटेको छ । विगका वर्षमा सबैभन्दा कमजोर प्रस्तुतिकरण रहेका सिभिल सेञ्चुरीको भने राम्रो सुधार देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS