IME Life

५ करोड पूँजी सहित स्थापित पुनर्बीमा ब्रोकरले व्यवसाय पाएनन्, स्वदेशी कम्पनीको रोजाइमै परेनन्

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले लाइसेन्स दिएका १० ब्रोकरले अझै पनि व्यवसाय पाउन सकेका छैनन् । स्वदेशी दुई पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्सले व्यवसाय नदिदा उनिहरु अहिलेसम्मको अवस्थामा कार्यालय मात्रै खोलेर बस्न बाध्य छन् ।

भर्खरै स्थापना भएकाले उनिहरुलाई तत्काल पोत्याउन सक्ने अवस्था नरहेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले बताए । त्यस्तै हिमालयन रिले पनि स्वदेशी ब्रोकरलाई अहिलेसम्म पनि प्रयोग गरेको छैन ।

Prabhu
Crest

हिमालयनले स्वदेशी बीमा कम्पनीहरुबाट डाइरेक्ट व्यवसाय लिइरहेको छ भने अन्तर्राष्ट्रिय बजारबाट आफ्नै विध्यमान ब्रोकर मार्फत व्यवसाय लिइरहेको छ । त्यस्तै कम्पनीहरुले पनि नेपाली ब्रोकरलाई भन्दा पनि पुरानै ब्रोकरलाई प्रयोग गरिरहेका छन् ।

पुनर्बीमा ब्रोकर सेवा अन्य पेशा जस्तो सजिलो छैन । यसका लागि दक्ष जनशक्ति आवस्यक पर्छ । बीमा कम्पनीहरुले लिएको जोखिमलाई मूल्याङ्कन गर्न सक्नु पर्छ । बीमा कम्पनीको जोखिमलाई पुनर्बीमा कम्पनीसम्म पुर्याउन ब्रोकरको आवस्यक पर्छ । यदि नेपालमै दक्ष सक्षम ब्रोकर भएमा बीमा कम्पनीहरुलाई पनि सजिलो पर्छ । अर्को तर्फ स्वदेशी पुनर्बीमा कम्पनीलाई पनि विदेशबाट व्यवसाय भित्र्याउन सजिलो पर्छ । नेपालमा स्थापित ब्रोकरले नेपालमा मात्रै नभएर विदेशी पुनर्बीमा कम्पनीहरुमा पनि काम गर्न पाउने भएकाले उनिहरुमा ‘इन्टरनेशनल एक्पोजर’ आवस्यक पर्छ । त्यो अहिलेका पुनर्बीमा ब्रोकर सँग छैन ।

पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी निर्देशिका, २०७८ अनुसार चुक्ता पूँजी ५ करोड रुपैयाँ तोकिएको छ । यसरी न्युनतम ५ करोड रुपैयाँ पूँजी सहित स्थापित कम्पनीले व्यवसाय नपाउदा पक्कै पनि उनिहरुको लगानीले राम्रो प्रतिफल दिने देखिदैन । नेपाल जस्तो एकदमै सानो बजारका लागि १० वटा ब्रोकर हुनु आफैमा बढी हो । बीमा समितिले लगभग बीमा कम्पनीहरुको ४० प्रतिशत व्यवसायलाई डाइरेक्सेसन गरिदिएको छ । बाँकी ६० प्रतिशत व्यवसाय पनि बीमा कम्पनीहरुले पुरानै सम्बन्धलाई निरन्तरता दिन चाहन्छ । व्यवसाय लिन मात्रै होइन बीमा कम्पनीहरुले दाबी पाउने समयमा पनि ब्रोकरलाई नै झकझक्याउने गर्छन् ।

अहिलेसम्म जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरले लाइसेन्स पाए लाइसेन्स पाएका छन् ।

ब्रोकरहरुले एक भन्दा धेरै पुनर्बीमा कम्पनी सँग सहमति गरी पुनर्बीमा गर्न सक्छन् । जसरी जीवन बीमाका अभिकर्ता पहिलो अण्डराइटर हुन्छ त्यसरी नै ब्रोकर पनि पहिलो अण्डरराइटर हो । उसले जोखिम विश्लेषण गरेर बीमा कम्पनीहरुलाई व्यवसाय दिन्छन् ।

नेपाल पुनर्बीमा कम्पनी धेरै पटक विदेशी ब्रोकर कम्पनीको भर पर्दा फसेको छ । ब्रोकरले जोखिम अनुसार पुनर्बीमा कम्पनीहरु चयन गर्छन् । त्यसैले ब्रोकर सञ्चालन गर्न धेरै नै अनुभवी र प्राविधिक ज्ञान भएका व्यक्तिहरु चाहिन्छ ।

बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने काम गर्छन् । उनिहरुले पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिन पाउछन् ।

बीमा/पुनर्बीमक बजारको तथ्याङ्क विश्लेषण गरी पुनर्बीमित/पुनर्बीमकलाई उपलब्ध गराउन सक्छन् । त्यस्तै पुनर्बीमा दाबी भुक्तानी सहजिकरण गर्नु पर्छ । ब्रोकरले पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्नु पर्छ ।

पुनर्बीमा सम्झौता अनुरुपको लिने/दिने रकमको हिसाव फरफारक गर्न सहयोग गर्नु पर्छ । जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्नु पर्ने हुन्छ । बीमितको लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्नु पर्छ ।

विदेशी बीमकले विदेशी मुलुकमा जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने जोखिम सम्बन्धमा नेपाली पुनर्बीमक वा पुनर्बीमकसँग मध्यस्थता गर्नु पर्ने हुन्छ । पुनर्बीमितको आवश्यकता अनुरुप पुनर्बीमा व्यवस्था गराउन सक्छन् ।

बीमक तथा पुनर्बीमकको सहमति अनुसार कभरनोट जारी गर्नु पर्ने हुन्छ । पुनर्बीमित तथा पुनर्बीमक बीच लिनु दिनु पर्ने रकमको समर्थन पत्र उपलब्ध गराउनु पर्छ । आफुले पुनर्बीमा व्यवस्था गरे गराएको पुनर्बीमा सम्झौता अन्तर्गत बीमकमा पर्ने दाबीहरुको फर्छ्यौट गर्ने गराउने काम गर्न सक्छन् । पुनर्बीमितलाई पुनर्बीमकको ख्याति र रेटिङ बारे जानकारी तथा परामर्श दिन सक्छन् । पुनर्बीमा दलालले गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसारका अन्य कार्यहरु गर्ने गराउने गर्दछन् । यि काम गरे बापत ब्रोकरले निश्चित कमिशन प्राप्त गर्छन् । यहि कमिशनबाटै ब्रोकरहरुले धेरै भन्दै धेरै पैसा कमाइरहेका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS