IME Life
Beema Board

सात दिन भित्र दुई पुनर्बीमा कम्पनीमा बराबर व्यवसाय दिन समितिको निर्देशन, नदिए हदैसम्मको कारबाही

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै दुई पुनर्बीमा कम्पनीमा बराबरी व्यवसाय दिन निर्देशन दिएको छ । बीमा समितिबाट यस भन्दा अगाडी जारी भएका निर्देशन मुताविक दुई पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसाय दिन बीमा समितिले पुनः निर्देशन दिएको हो ।

समितिले पुनर्बीमा निर्देशिका २०७८ लगायत समितिबाट समय समयमा जारी गरेका निर्देशनहरु प्रति ध्यानाकर्षण गराउदै सोहि अनुरुप गर्न पत्राचार गरेको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले जारी गरेका सबै नयाँ तथा नविकरण बीमालेखहरुको बराबरी हिस्साले हुन आउने रकमको नेपालमा स्थापित दुई स्वेदशी पुनर्बीमा कम्पनीहरुलाई तत्कालिन उपलब्ध गराई सो को जानकारी ७ दिन भित्र समितिलाई उपलब्ध गराउन समेत आदेश दिएको छ । समितिले यस भन्दा अगाडी बजेट तथा अर्थमन्त्रालय मार्फत भएको निर्देशन अनुरुप २० प्रतिशतको डाइरेक्सेसनलाई दुबै कम्पनीमा बराबर हिस्सा बाँडफाँड गरिदिएको थियो । जवकी यो डाइरेक्सेसन नेपाल पुनर्बीमा कम्पनीका लागि जारी भएको थियो ।

हिमालयन रि इन्स्योरेन्सले सरकार मार्फत उक्त डाइरेक्सेसनको बजार पनि खोसिदिएको थियो । यस बाहेक पनि कम्पनीहरुले थप १०/१० प्रतिशत व्यवसाय दुई पुनर्बीमा कम्पनीमा उपलब्ध गराउनु पर्छ । यहि व्यवस्था कार्यान्वयन भए नभएको हेर्न समितिले कम्पनीहरु सँग विवरण माग गरेको छ । यदि कम्पनीहरुले बराबर व्यवसाय प्रदान नगरेको पाइएमा समितिले दिने सम्पुर्ण सेवाहरु रोक्का गर्ने धम्की समेत दिएको छ । समितिले दिने सेवा सुविधा नदिने भन्दै कम्पनीहरुलाई धम्कीपुर्ण निर्देशन गरेको पाइएको छ ।

हिमालयनका अध्यक्ष उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत हुन् । त्यसैले उनले सरकारलाई नै प्रभावित पारेर नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोसिरहेका छन् । यसरी नेपाल सरकारको स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोस्ने काम भएको छ । अर्को तर्फ पुनर्बीमाको नाममा बीमा समितिले दुई पुनर्बीमा कम्पनीमै जोखिम केन्द्रित गरिदिएको छ । जवकी नेपाली बीमा कम्पनीहरुले आफे विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउदै आएका थिए । अव अधिकाम्स पुनर्बीमा व्यवसाय दुई स्वदेशी पुनर्बीमा कम्पनीले क्याप्चर गर्नेछन् र ब्रोकरको शैलीमा पुनः विदेशी पुनर्बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%

खुसी

60%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

30%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS