IME Life
Beema Board

वित्तीय विवरण स्वीकृत गराउनेमा हिमालयन रि बन्यो पहिलो, आइपिओ निष्काशनको ढोका खुल्यो

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीहरु मध्ये हिमालयन रिले सबैभन्दा पहिलो पटक स्वीकृत गराउन सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षदेखि नै पुनर्बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले पहिलो आर्थिक वर्षको वित्तीय विवरण सबैभन्दा पहिला नै तयार पारी बीमा समितिबाट पनि पहिलो पटक स्वीकृत गराएको छ ।

Prabhu
Crest

निजी क्षेत्रबाट स्थापित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि व्यवसाय विस्तारमा पनि आक्रामक बनेको छ । कम्पनीले सरकारदेखि बीमा समितिलाई नै प्रभावित पारेर आफ्नो पक्षमा डाइरेक्सेसन बढाउन सफल भएको छ । यसका अतिरिक्त कम्पनीले अन्तर्राष्ट्रिय स्तरबाट पनि व्यवसाय भित्र्याइरहेको छ ।

बीमा समितिबाट वित्तीय विवरण स्वीकृत गराए सँगै कम्पनीले छिट्टै साधारणसभा आह्वान गर्न पाउने भएको छ । यहि हिसावले जाने हो भने हिमालयन साधारणसभामा पनि पहिलो हुनेछ । साधारणसभा पछि यसै वर्ष हिमालयनले सर्वसाधारणका लागि आइपिओ निष्काशनको प्रकृयाँ अगाडी बढाउने तयारी गरेको छ । आइपिओ निष्काशनका लागि कम्तिमा पनि एक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पारेको हुनु पर्छ । तर हिमालयन रिले गत आर्थिक वर्षको असार पछि मात्रै व्यवसाय शुभारम्भ गरेकाले आइपिओ निष्काशन गर्न पाउने सम्भावना धेरै नै न्युन छ ।

यदि कम्पनी २०७८ असारमै व्यवसाय शुभारम्भ गरेको विवरण तयार पारेको भए कम्पनीले गत आर्थिक वर्षकै लेखापरीक्षण प्रतिवेदनका आधारमा आइपिओ निष्काशन गर्न पाउनेछ । तर साउनदेखि व्यवसाय शुभारम्भ गरेको देखाएमा पाउदैन । तर हिमालयन रिले आर्थिक वर्ष २०७७/७८ को पनि लेखापरीक्षण प्रतिवेदन बनाएको हुँदा यसै वर्ष आइपिओ निष्काशनको लागि आवेदन दिन सक्नेछ ।  कम्पनीको पहिलो लेखापरीक्षण प्रतिवेदनमा २०७८ असार ३१ गतेदेखि पुनर्बीमा व्यवसाय शुभारम्भ गरेको भनिएको छ । यस आधारमा कम्पनीले यहि वर्षमा सर्वसाधारणका लागि तीन अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS