IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्त ताथलि शाखाद्धारा डल बनाउने तालिम प्रदान

SPIL
NIC ASIA

काठमाडौं । पोखरा म.न.पा.मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । यसैक्रममा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका स्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ ।

वित्तीय संस्थासग आबद्य सदस्यहरुको आम्दानीको श्रोत बृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा अध्यक्षता सोही शाखाका शाखा प्रमुख प्रदिप लामिछानेले गरेको हो । तालिममा रबिना रिजालले डल कुशन बनाउन प्रशिक्षण दिएका थिए । सो तालिम २०७९ भाद्र २९ गते सुरु भई भाद्र ३१ गते सम्पन्न भएको थियो । आर्थिक उपार्जनको बिभिन्न माध्यमहरु मध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने कुरा प्रशिक्षक रबिना रिजालले बताए ।

Prabhu
Crest

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण कुन्ताबेशी अनुगमन स्टेशन कार्यालयकी प्रमुख अम्बिका दंगालले वितरण गरेका थिए । विगत आर्थिक बर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १,४८,३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा बिभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS