IME Life

पाँच कम्पनीको २८ करोड ३७ लाखको एफपिओ आउँदै, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । पाँच लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । बोर्डमा किसान लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि निवेदन पेश गरेका हुन् । बोर्डले यी कम्पनीहरुलाई अनुमति दिएपछि एफपिओ जारी गर्नेछन् ।

यी पाचँ लघुवित्त कुल २८ करोड ३७ लाख ६३ हजार ८८० रुपैयाँ बराबरको २१ लाख ९६ हजार ८९२ कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डको अनुमतिको पखाईमा रहेका छन् ।

Prabhu
Crest

किसान लघुवित्त वित्तीय संस्था
किसान लघुवित्त वित्तीय संस्थाले १२५ रुपैयाँ प्रिमियम दरमा १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको कुल १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डमा एफपिओ निष्काशनका लागि आर्थिक वर्ष २०७८ वर्ष असार २९ गते निवेदन दिएको थियो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १७७ दशमलव ८ रुपैयाँ प्रिमियम दरमा कुल ९१ लाख २३ हजार ९८४ रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लघुवित्तले एफपिओ विक्रीका लागि बोर्डमा २०७८ कात्तिक २३ गते निवेदन दिएको थियो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १ सय रुपैयाँ अंकित मूल्यमा कुुल ३ करोड ७९ लाखब ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । युनिक नेपाल लघुवित्तले २०७८ चैत १७ गते निवेदन दिएको हो ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले १५९ रुपैयाँ प्रिमियम दरमा २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ बराबरको कुल १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उन्नती सहकार्य लघुवित्तले २०७८ चैत २५ गत बोर्डमा निवेदन दिएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था
समता घरेलु लघुवित्त वित्तीय संस्थाले १५९ दशमलव ०७ पैसा प्रिमियम दरमा ४ करोड ६० लाख ४१ हजार २२० रुपैयाँ बराबरको कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गरेको हो कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लघुवित्तले बोर्डमा २०७८ चैत २९ गते बोर्डमा निवेदन दिएको हो ।

यी कम्पनीहरुले एफपिओ निष्काशन गर्नका लागि बोर्डमा गत वर्षमा नै निवेदन दिएका हुन् । तर बोर्डले हालसम्म पनि यी लघुवित्तलाई अनुमति दिएको छैन् ।

के हो एफपिओ ?
पब्लिक कम्पनीले एकपटक आइपीओे जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई शेयर बिक्री गर्दछ भने त्यसलाई एफपिओ भनिन्छ । प्रायजसो एफपिओ प्रिमियम मूल्यमा आउने गर्दछ । अंकित मूल्यभन्दा बढी भाउ राखेर शेयर बिक्री गरिएमा बढी मूल्यलाई शेयर प्रिमियम भनिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS