IME Life

नेप्सेमा कारोवार हुने जीवन बीमा कम्पनीलाई कति प्रतिशत पूँजी वृद्धि आवश्यक छ (तथ्याङ्क सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा हाल १९ जीवन बीमा कम्पनी रहेका छन् । १९ जीवन बीमा कम्पनी मध्ये अहिले जम्मा ४ जीवन बीमा कम्पनीको मात्र दोश्रो बजारमा कारोवार हुने गर्छन । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई चैतसम्म ५ अर्ब पूँजीको लक्ष्य दिएकोमा धेरै कम्पनीहरुले मर्जरको बाटो समातेका छन् ।
अहिले नेप्सेमा कारोवार हुने ४ जीवन बीमा कम्पनीमा नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल र एशियन लाइफ रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी बीमा समितिले दिएको लक्ष्य भन्दापनि माथि रहेको छ । बीमा समितिले ५ अर्ब पूँजीको लक्ष्य दिँदा नेपाल लाइफको हाल चुक्ता पूँजी ८ अर्ब २० करोड छ ।

त्यस्तै, नेशनल लाइफको चुक्ता पूँजी ४ अर्ब ३ करोड रहेको छ । कम्पनीलाई ५ अर्ब पूँजी पुगाउन २३ दशमलव ९१ प्रतिशत थप पुँजी आवश्यक पर्छ ।

Prabhu
Crest

एलआइसी इन्डियाको लगानी रहेको एलआईसी नेपालले पूर्ण रुपमा हकप्रदको बाटो रोजेको छ । कम्पनीको अहिले २ अर्ब ६५ करोड चुक्ता पूँजी छ । कम्पनीलाई ५ अर्ब पूँजीको लागि ८८ दशमलव ४५ प्रतिशत पूँजी आवश्यक पर्नेमा कम्पनीको संचालक समितिको बैठकले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर प्रस्ताव गरेको छ । सो प्रस्तावित हकप्रद पश्चात कम्पनीको पूँजी ५ अर्ब पुग्ने छ ।

त्यस्तै एशियन लाइफको अहिले चुक्ता पूँजी २ अर्ब ५३ करोड छ । ५ अर्ब पुँजी पुगाउन कम्पनीले ९६ दशमलव ८६ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने हुन्छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १४ दशमलव ५० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त बोनस शेयर साधारणसभाले पास गरे पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड हुने छ । त्यसपश्चात पनि कम्पनीलाई करिव ७२ प्रतिशत थप पुँजी वृद्धि गर्नु पर्ने छ ।

यसरी हेर्दा नेशनल लाइफले बोनस शेयरको बाटो लिन सक्छ भने एशियन लाइफले बोनस शेयरसँगै हकप्रद वा मर्जरको सहायता लिनु पर्ने देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS