IME Life

जीवन बीमा कम्पनीको लगानी ३१ प्रतिशतले बढेर ४ खर्ब ७३ अर्ब नाघ्यो, शेयर बजारमा लगानी घट्यो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल लगानी एक आर्थिक वर्षमै ३१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले ४ खर्ब ७३ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा तीन खर्ब ५९ अर्ब रुपैयाँ मात्रै थियो ।

१९ वटा जीवन बीमा कम्पनीहरुले बाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्रै तीन खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेशनल लाइफको मात्रै घरजग्गामा ३६ करोड २४ लाख लगानी रहेको छ । बीमा समितिले लगानी निर्देशिका मार्फत घरजग्गामा लगानी गर्ने बाटो खुला गरिदिए पनि व्यवसायिक रुपमा यस्तो क्षेत्रमा लगानी भने एकदमै कम छ । बीमा कम्पनीले व्यवसायिक रुपमा भन्दा पनि कार्यालय प्रयोजनका लागि घरजग्गामा लगानी गर्ने ट्रेण्ड भने अधिक छ ।

Prabhu
Crest

सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा भने ८ अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन् । जवकी कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको यहि अवधिमा १२ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका थिए । शेयर बजार तल झरे सँगै बीमा कम्पनीहरुले शेयर बजारबाट लगानी फिर्ता झिकेका छन् । बैंक वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र तर्फ ३० अर्ब ९७ करोड रुपैयाँ लगानी रहेको छ । सूचिकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिवेन्चरमा २१ अर्ब ८७ करोड रुपैयाँ लगानी रहेको छ ।

बीमा समितिले सधै भन्दै आएको कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारका क्षेत्रमा भने ७ अर्ब १४ करोड रुपैयाँ लगानी छ । जवकी अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी तीन अर्ब १७ करोड रुपैयाँ मात्रै थियो । यस क्षेत्रमा बीमा कम्पनीहरुले बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउछन् । तर यस्तो क्षेत्रमा लगानी गर्नु धेरै नै जोखिमपुर्ण मानिन्छ ।

अहिले बीमा कम्पनीहरुका लागि लगानी गर्न धेरै गाह्रो छैन । बैंक वित्तीय क्षेत्रमा तरलता अभावको अधिकतम सदुपयोग बीमा कम्पनीले गरिरहेका छन् । सुरक्षित रुपमा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपबाटै राम्रो प्रतिफल पाउने भए पछि बीमा कम्पनीहरुले अन्य जोखिमका क्षेत्रमा हात हाल्न चाहेका छैनन् । तर विदेशमा बीमा कम्पनीको स्रोत दीर्घकालिन पुर्वाधारका क्षेत्रमा लगानी भएको पाइन्छ । ठुला ठुला आयोजना तथा परियोजनका लागि आवस्यक पर्ने स्रोत संकलन यहि क्षेत्रबाट संकलन गरिन्छ तर नेपालमा भने यस्ता क्षेत्र सबैभन्दा धेरै असुरक्षित मानिन्छ । बीमा कम्पनीले बीमितहरु सँग दीर्घकालिन दायित्व खरिद गरेर बसेका हुन्छन् । त्यसैले भोलिका दिनमा केहि भइपरिआउदा पैसा उठाउन सकिने क्षेत्रमा मात्रै उनिहरुको लगानी हुन्छ ।

१९ जीवन बीमा कम्पनीहरुको कुल लगानी ४ खर्ब ७३ अर्ब हुँदा नेपाल लाइफ एक्लैको एक खर्ब ४३ अर्ब रुपैयाँ छ । त्यस्तै दोस्रो धेरै लगानी एलआईसी नेपालको ७६ अर्ब ३० करोड रुपैयाँ छ । तेस्रो धेरै नेशलन लाइफको ४७ अर्ब १२ करोड रुपैयाँ छ ।

Insvestment-Life-2078_79-as-on-Q4

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS