IME Life
Beema Board

सामाजिक सुरक्षा कोषको नयाँ शाखा विराटनगर र सिमरामा

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक सुक्षा कोषले दुई नयाँ शाखा विस्तार गरेको छ । कोषले प्रदेश न.१ को बिराटनगर र मधेश प्रदेशको सिमरामा शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअल माध्यमबाट गरेका हुन् ।

कोषमा रहेका रोजगारदाता र योगदानकर्तालाई सहजता प्रदान गर्न उक्त दुई स्थानमा शाखा स्थापन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले बताए । कोषले योगदानकर्तालाई प्रदान गरिने भुक्तानी, सापटी दिने विषयमा अग्रसर भई काम गर्दै आएको समेत उनले बताए । साथै नयाँ शाखा विस्तारसँगै सामाजिक सुरक्षा कोष चलायमान भएको सन्देश दिन चाहेको उनको भनाई । आगामी दिनमा आवश्यकता अनुरुप थप कोषका शाखा विस्तार गर्ने मन्त्री कुँवरले बताए ।

Prabhu
Crest

यस कोष सञ्चालनमा आएको करिब ३ वर्ष वित्न लाग्दा १७ हजार ३ सयभन्दा बढी रोजगारदाता सामेल भएको मन्त्रालयले जनाएको छ । साथै हाल ३ लाख ५५ हजारभन्दा बढी श्रमिक कोषमा आवद्ध छन् । हालसम्म कोषले २२ अर्ब ३२ करोडभन्दा माथिको रकम संकलन गरिसकेको कोषले जनाएको छ ।

एक हप्ताअघि कोषले योगदानकर्तालाई कोषबाट सापटी दिने सेवा सुरु गरेको थियो । एक हप्ताको समयअवधिमा करिब ८० जना योगदानकर्ताले सापटी सेवा समेत लिइसकेको मन्त्रालयले जनाएको छ । हाल कोषले विभिन्न चार प्रकारका स्किमबाट योगदानकर्तालाई सुविधा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS