IME Life
Beema Board

साथीमार्टले संचालनमा ल्यायो थप दुई आउटलेट

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको थप दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् । गोकर्णेश्वर ५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् ।

कमलबिनायकमा १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वा र दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बुले नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् । भने भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले नारायणटार आउटलेट सञ्चालनमा ल्याएका हुन् । दुईले आ–आफ्नै संस्कृति अनुसार आउटलेटको उद्घाटन गरेका थिए । शिव सुन्दर कासिछ्वा र अशोक किलम्बुले नेवारी संस्कृति अनुसार आफैले उद्घाटन गरेका थिए भने छेवाङ शेर्पाको आउटलेट खेन्पो गावाङ छोपेल शेर्पाले गरेका थिए ।

Prabhu
Crest

समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनीहरूको छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् । साथीमार्टसँग जोडिएपछि एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिई नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुन चाहेको उनीहरूको भनाई छ ।

यी आउटलेटहरूमा आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS