IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५३ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि, कसको कति ?(सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५३ करोड ९६ लाख ३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको छ । कम्पनीहरुले प्रकाशन गरेको चौथो त्रैमासको वित्तीय विवरणलाई हेर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको भुक्तानी हुन बाँकि दाबी रकम १ प्रतिशतले मात्रै घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरुको भुक्तानी हुन बाँकि दाबी रकम ४ अर्ब ४८ करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीलेहरुले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा सानिमा लाइफ, रिलायबल नेपाल लाइफ र राष्ट्रिय बीमा कम्पनीको भुक्तानी हुन बाँकि दाबी रकम नै शुन्य रहेको छ ।

Prabhu
Crest

यस अवधिमा सबैभन्दा धेरै भुक्तानी हुन बाँकि दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको १ अर्ब ७१ करोड ५२ लाख ६० हजार रुपैयाँ दाबी रकम भुक्तानी गर्न बाँकि रहेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीको भुक्तानी गर्न बाँकि दाबी रकम २ अर्ब ५५ करोड ५१ लाख ९० हजार रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको यस्तो रकम भुक्तानी गर्न ३३ प्रतिशतले कमी देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण हेर्दा नेशनल लाइफको भुक्तानी हुन बाँकि दाबी रकम ९६ करोड १७ लाख २६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको भुक्तानी गर्न बाँकि दाबी रकम ३४ प्रतिशतले बढेको छ ।
मेट लाइफको भुक्तानी हुन बाँकि दाबी रकम ७१ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको भुक्तानी हुन बाँकि दाबी २४ प्रतिशतले घटेको हो । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा ३६ करोड ३ लाख रुपैयाँ भुक्तानी हुन बाँकि दाबी रहेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीको यस्तो रकम १ करोड ६५ लाख रुपैयाँ मात्र थियो ।

यस अवधिमा एलआइसी नेपालको भुक्तानी हुन बाँकि दाबी रकम ३३ करोड ५४ लाख रुपैयाँ रहेको छ । रिलायन्स लाइफको भुक्तानी हुन बाँकि दाबी रकम २६ करोड ४४ लाख रुपैयाँ, एशियन लाइफको ५ करोड ४६ लाख, ज्योति लाइफको ४ करोड १७ लाख रुपैयाँ, आइएमई लाइफको २ करोड १९ लाख रुपैयाँ,महालक्ष्मी लाइफको २ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु लाइफको भुक्तानी हुन बाँकि दाबी रकम १ करोड ६२ लाख, प्राइम लाइफको १ करोड ४६ लाख, यूनियन लाइफको ७० लाख, सूर्या लाइफको ६७ लाख, सन नेपाल लाइफको ३३ लाख र गुराँस लाइफको २० लाख रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS