IME Life

लगातार पाँच वर्षदेखि एमडीआरटी बनेका २६ वर्षिय रेशम दोस्रो पटक ग्लोबल कन्फ्रेन्समा सहभागी हुँदै

SPIL
NIC ASIA

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सक्रिय अभिकर्ता रेशम गौतम अष्ट्रेलियास्थित दोस्रो पटक (मिलियन डलर राउन्ड टेवल) एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुँदैछन् । अमेरिकी संस्था एमडीआरटी संस्थाद्धारा वार्षिक रुपमा सञ्चालन गरिने उक्त कन्फ्रेन्समा उनी पुन: छनौट भएका हुन् ।

Prabhu
Crest

विगत ६ वर्षदेखि युनियन लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा सक्रिय उनी पाँच वर्षदेखि लगातार एमडीआरटी बन्दै आएका छन् । यसका साथै उनी नेपाल टप समेत हुन् । यसअघि २०१९ मा उनी एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी भएका थिए । अभिकर्ताको रुपमा विश्वरभरका प्रतिनिधि भेला हुने उक्त कन्फ्रेन्समा नेपाललाई चिनाउनका लागि पुन मौका मिलेको उनको भनाई छ । अगस्ट २८ देखि ३१ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने उक्त कन्फ्रेन्समा करिब ७० देशबाट विभिन्न कम्पनीहरुको सहभागिता रहनेछ ।

पर्यटकिय नगरि पोखराबाट सुरु गरेको अभिकर्ता पेशाले उनलाई विभिन्न देशको यात्रामा सहभागी हुने मौका दिएको छ । अभिकर्ता पेशासँगै बुद्ध प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्दै आएका उनले २६ वर्षको उमेरमा अष्ट्रेलिया, मलेसिया, थाइल्याण्ड लगाएत देशको आकाशमा समेत उडान गरिसकेका छन् ।

प्याराग्लाइडिङ पेशाले उनीसँगै थुप्रै मानिसहरु ठोक्किन आइपुग्छन् । सोहि चिनजानले उनलाई अभिकर्ता पेशामा सफल हुन थप टेवा पुगेको छ । हाल उनले वार्षिक रुपमा ४० लाखभन्दा बढी प्रिमियम संकलन गर्दै आइरहेका छन् । कामप्रतिको अथक मिहिनेत र लगनशिलताकै कारण उनले पछिल्लो केहि वर्षदेखि निरन्तर रुपमा एमडीआरटीको ताज भिर्दै आइरहेका छन् । एमडीआरटी बन्ने लक्ष्य भने अझै १० वर्षसम्म कायम राख्ने उनको लक्ष्य रहेको छ ।

नेपाल टप बनेका रेशम लगातार चार वर्षदेखि एमडीआरटी, वार्षिक ४० लाख प्रिमियम संकलन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS