IME Life

पहिलो त्रैमाशिक अवधिसम्म व्याज नबढ्ने, यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिसम्म ऋण र निक्षेपको व्याजदर नबढाउने निर्णय गरेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई नीतिगत रुपमा व्याजदर बढाउन दवाव दिए पनि बैंकहरुले पनि राष्ट्र बैंकको निर्देशनलाई अटेर गर्दै असोज महिनासम्म व्याजदर स्थिर राख्ने सहमति गरेका छन् । बैंकर्स संघ मार्फत उनिहरुले यस्तो भद्र सहमति गरेका हुन् ।

राष्ट्र बैंकले नीतिगत दरहरु बढाएर बैंकहरुलाई व्याजदर बढाउन निरन्तर दवाव दिदै आएको छ तर सम्पुर्ण बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छलफलमा व्याजदर बढाउदैमा निक्षेप नआउने कुराकारी भएको थियो । अहिले नै निक्षेपको व्याजदर बढाउदा बैंकको लागत बढ्ने उनिहरुको तर्क छ ।

Prabhu
Crest

बैंकहरुले मासिक रुपमा निक्षेपको व्याजदर बढाउन तथा घटाउन पाउदछन् तर कर्जाको हकमा भने तीन तीन महिनामा मात्रै परिवर्तन गर्न पाइन्छ । साउन महिनाका लागि कर्जाको व्याजदर नबढाएका बैंकहरुले अव कार्तिक नभइ बढाउन पाउदैनन् । यहि अहिले निक्षेपको व्याजदर बढायो भने भदौ र असोज महिनामा बैंकहरुको व्याजखर्ब बढ्छ । यसरी बैंकहरुले आफुलाई फाइदा नहुने भए पछि सामुहिक रुपमै व्याजदर नबढाउने सहमति गरेका हुन् । त्यसैले यदि आवस्यक पर्यो भने कार्तिक महिनादेखि मात्रै निक्षेप र कर्जा दुबैको व्याजदर बढाउने पक्षमा बैंकहरु छन् ।

नेपालमा बैंकर र व्यवसायी एउटै भएकाले पनि राष्ट्र बैंकले चाहेजस्तो दरमा खेल्न सक्दैन । अहिलेको अवस्थामा व्याजदर बढ्दा व्यवसायीहरु नै सबैभन्दा धेरै मर्कामा पर्नेछन् । यसरी आफ्नै बैंकले आफ्नै लागि व्याजदर बढाउन उनिहरु सहमत हुने कुरै आउदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS