IME Life
Beema Board

साउन २३ गतेदेखि नेपाल फाइनान्सले संस्थापक शेयर लिलामीमा विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । यस लिलामीमा शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसकारण तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

भदौ ६ गतेसम्म आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ दशलमव १८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ दशमलव २७५ कित्ता शेयर लिलामीमार्फत विक्री खुलाएको थियो ।

सो समयमा विक्री नभएको संस्थापक समूहको शेयर कम्पनीले पुनस् लिलामीमा ल्याउन लागेको हो । शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले नेपाल फाइनान्सको केन्द्रीय कार्यालय र विभिन्न शाखा कार्यालयहरू, प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS