IME Life

आरएसडिसी लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सलाई १२ सूचकका आधारमा दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । आरएसडिसी र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  दुवै थोक लघुवित्त हुन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गरिन्छ । दुई लघुवित्तको गत आवको चौथो त्रैमासको वित्तीय विवरणको आधारमा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पूँजी ९६ करोड ४४ लाख रहेको छ भने आरएसडिसी लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सको जगेडा कोषमा ४४ करोड ०६ लाख रहेको छ भने आरएसडिसी लघुवित्तको जगेडा कोषमा २१ करोड ३ लाख रहेको छ । जगेडा कोषमा संचित मुनाफा र जगेडा जोडिएको छ ।

कर्जा प्रवाहको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सले १० अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ भने आरएसडिसी लघुवित्तले ५ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सले १२ महिनामा ४२ करोड ७२ लाख खुद व्याज आम्दानी गरेको छ भने आरएसडिसी लघुवित्तले २३ करोड ८२ लाख खुद व्याज आम्दानी गरेको छ ।

खुद नाफाको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सले १२ महिनामा २६ करोड ८८ लाख खुद नाफा गरेको छ भने आरएसडिसी लघुवित्तले १३ करोड ५२ लाख खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानी :
फर्स्ट माइक्रोफाइनान्सको वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा छ भने आरएसडिसी लघुवित्तको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७९ पैसा छ।

बजार मूल्य र मूल्य आम्दानी अनुपात :
साउन ९ गते फर्स्ट माइक्रोफाइनान्सको बजार मूल्य ७४३ रुपैयाँ छ भने सोही दिन  आरएसडिसी लघुवित्तको बजार मूल्य ६४७ रुपैयाँ १० पैसा छ । सो बजार मूल्यको आधारमा फर्स्ट माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात २६ गुणा छ भने आरएसडिसी लघुवित्तको मूल्य आम्दानी अनुपात ३८ गुणा छ।

वितरणयोग्य मुनाफाको आधारमा :
फर्स्ट माइक्रोफाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ९५ लाख छ भने आरएसडिसी लघुवित्तको १० करोड ५८ लाख छ । सो वितरणयोग्य मुनाफाको आधारमा फर्स्ट माइक्रोफाइनान्सको लाभांश क्षमता २१ दशमलव ७३ प्रतिशत देखिन्छ भने आरएसडिसी लघुवित्तको लाभांश क्षमता १३ दशमलव १५ प्रतिशत देखिन्छ ।

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो, यही तथ्याङ्कको आधारमा शेयर कारोवार नगर्नुहोला । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS