IME Life
Beema Board

एघार महिनामै भित्रियो २२ अर्बभन्दा बढी मूल्यको मोटरसाइकल

SPIL
NIC ASIA

काठमाडौं । मुख्य स्थल भन्सार नाकाहरुबाट ११ महिनाको अवधिमा २२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको मोटरसाइकल र स्कुटर आयात भएको छ ।

तीन मुख्य स्थल भन्सार नाकाहरु भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट चालू आर्थिक वर्षको जेठमसान्तसम्ममा २२ अर्ब ५२ करोड २४ लाख रुपैयाँ मूल्य बराबरको २ लाख २५ हजार ८ सय २ थान मोटरसाइकल तथा स्कुटर आयात भएको हो ।

Prabhu
Crest

सबैभन्दा ठूलो परिमाणमा भैरहवाबाट मोटरसाइकल तथा स्कुटर आयात गरिएको छ । भन्सार विभागका अनुसार भैरहवा नाकाबाट ११ महिनाको अवधिमा १७ अर्ब २६ करोड ४२ लाख मूल्य बराबरको कूल १ लाख ६७ हजार ८ सय ८९ थान मोटरसाइकल आयात गरिएको छ ।गत आवको जेठमसान्तसम्मको तुलनामा भैरहवा नाकाबाट भित्रिने मोटरसाइकलको परिमाणमा १४.५८ प्रतिशतले गिरावट आएको छ ।

मोटरसाइकल आयात हुने दोश्रो मुख्य नाका वीरगंजबाट ४१ हजार ९ सय ३० थान मोटरसाइकल आयात भएको छ । यो नाकाबाट जेठसम्ममा ३ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको मोटरसाइकल आयात भएको हो । वीरगंज नाकाबाट भित्रिने मोटरसाइकलको परिमाण आधाभन्दा बढीले घटेको छ । गत आवको जेठसम्ममा ९१ हजार ९ सय ६९ थान मोटरसाइकल आयात भएको थियो ।
यी तीन भन्सार नाकाको कूल परिमाणका आधारमा भारत तथा तेश्रो मुलुकमा उत्पादित दुईपाङग्रे सवारीसाधनको आयातमा झण्डै २८ प्रतिशतले ह्रास  देखिएकोे छ ।

नेपालभित्रै मोटरसाइकलको पार्टपूर्जा जडान गरेर मोटरसाइकल उत्पादन गर्ने क्रमले तिब्रता पाउनुको साथै पछिल्लो समयमा पूँजी बजारमा तरलताको अभावका कारण मोटरसाइकलको मागमा गिरावट आएकाले आयात पनि घटेको हो ।

सरकारले मोटरसाइकलको खरिदबिक्री गर्दा तेश्रो पक्ष बीमा अनिवार्य गरेको छ । मोटरसाइकल खरिदकर्ताले तेश्रो पक्ष बीमा वा सम्पूर्ण बीमामध्ये कुनै एक विकल्प रोज्न सक्ने सुविधा रहेको छ । तुलनात्मकरुपमा सस्तो बीमाशुल्क पर्ने तेश्रो पक्ष बीमा अन्तर्गत मोटरसाइकल दुर्घटनाका कारण कुनै तेश्रो पक्षलाई हानिनोक्सानी हुन गएमा क्षतिपूर्ती उपलब्ध गराइन्छ । सम्पूर्ण बीमा अन्तर्गत मोटरसाइकल चालक, सँगै बस्ने सवारी र तेश्रो पक्षलाई समेत पुग्ने हानीनोक्सानीको क्षतिपूर्ती गरिन्छ । साथै मोटरसाइकल चोरी भएमा नियमअनुसार ह्राससकट्टी गरेर बाँकी मूल्य बीमा कम्पनीले मोटरसाइकल धनीलाई भुक्तानी गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS