IME Life
Beema Board

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, करदाताको स्वास्थ्य बीमामा सहुलियत दिइने

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेका कार्यक्रममा काठमाडौं महानगरका सबै करदाताको स्वास्थ्य बीमाको लागी आवश्यक व्यवस्था गरिने उल्लेख छ । साथै स्वास्थ्य बीमाको लागी लाग्ने कूल बीमा शुल्कको पचास प्रतिशत महागनरपालिकाले नै व्यहोर्ने घोषणा गरिएको छ ।

Prabhu
Crest

सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत् देशभर स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिरहेको छ । यो कार्यक्रम अन्तर्गत सहुलियत दरमा सर्वसाधारणले स्वास्थ्य बीमा गर्न सक्ने सुविधा रहेको छ । तर नवनिर्वाचित मेयर शाहले फोहोर व्यवस्थापनको लागी फोहोरको उत्सर्जन बिन्दुमै फोहोरको वर्गिकरण गर्ने, फोहोरको प्रशोधनको लागी आवश्यक पूर्वाधारको निर्माण, फोहोर प्रशोधन गर्ने कार्यक्रमहरु समेत नीति तथा कार्यक्रममा समेटका छन् ।

फोहोरबाट उर्जा उत्पादन गर्नका लागी महानगरको विभिन्न स्थानमा उर्जा उत्पादनको लागी पूर्वाधार तयार पार्ने घोषणा गरिएको छ । साथै वातावरण प्रदुषण नियन्त्रण गर्नको लागी प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने तथा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोगमा बन्देज लगाउने घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS