IME Life
Beema Board

बोनश शेयर सूचिकरणको लागि धितोपत्र बोर्ड पुग्यो नेपाल पुनर्बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकरणको प्रक्रियामा रहेको छ । बोनस शेयर दर्ताको लागि नेपाल धितोपत्र बोर्डमा पुगेको कम्पनीका सिइओ शङकर रायमाझीले बताएका छन् ।  लगानीकर्ताहरुले शेयर सुचिकरणमा ढिलाई भएको भन्दै गुनासो गरेपछि कम्पनीले शेयर सुचिकरण गर्न बोर्डमा दर्ताको लागि पठाएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको पुष २२ गते सम्पन्न छैठौ वार्षिक साधारणसभाले २ दशमलव ५० प्रतिशत नगद लाभांश र १६ दशमलव ५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गरेको थियो । साधारण सभा सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि शेयर सुचिकरण नभएको भन्दै शेयरधनीहरुले गुनासो गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चति मुनाफाबाट उक्त लाभांश वितरण गरेको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १३ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

नेपाल पुनर्बीमामा नेपाल सरकारको सबैभन्दा धेरै ४४.०३९ प्रतिशत हिस्सा रहेको छ । त्यसकारण यस लाभांशबाट सबैभन्दा धेरै लाभांन्वित नेपाल सरकार हुनेछ । नेपाल सरकारले ७२ करोड ६६ लाख ५३ हजार ५०० रुपैयाँको बोनश शेयर, ११ करोड रुपैयाँ नगद सहित जम्मा ८३ करोड ६७ लाख रुपैयाँ पाउँदैछ । नगद मध्ये केहि रकम कर प्रयोजनका लागि कट्टी हुनेछ ।

शेयर सुचिकरणका लागि धितोपत्र बोर्डमा  दर्ता भए पछि नेपाल क्लियरीङ हाउस र नेप्सेमा  सूचिकरण भएपछि  शेयरधनीको हितग्राही  खातामा जम्मा हुनेछ  र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS