IME Life

तरलताको अभावले जीवन बीमकको लागि यस वर्षको असार सहज नहुने

SPIL
NIC ASIA

काठमाडौं । वित्तीय बजारमा तरलता संकटका कारण अपेक्षितरुपमा नयाँ व्यवसाय गर्न नसकेका जीवन बीमा कम्पनीहरुलाई यसपटकको असारमसान्तममा नविकरण बीमाशुल्ककै भर हुने देखिएको छ ।

विगतका आर्थिक वर्षहरुमा झैं असारमसान्तमा ४ महिना बराबरको कारोबार गर्दै आएका जीवन बीमा कम्पनीहरुको लागि यसवर्षको असारमसान्त उस्तै हुने संभावना ज्यादै न्यून छ । सर्वसाधारणको हातमा पर्याप्त नगद वा बैंक खातामा मौज्दात नभएका कारण जीवन बीमालेखको बिक्रीको गति सुस्त रहेको छ ।

Prabhu
Crest

ब्यांकासुरेन्सको टेको नपाएपछि एकल बीमाशुल्क बीमा योजना बिक्री गरेर व्यवसायमा कृत्रिम प्रगती हासिल गरेका जीवन बीमकहरुलाई अहिले ज्यादै सकस छ । पछिल्लो समयमा मुद्दती निक्षेपको बदलामा प्रथम बीमाशुल्क मागेर केही जीवन बीमकले आफ्नो व्यापार चलाई रहेका छन् । बैंक तथा वित्तीय संस्थामा वित्तीय तरलताको अवस्था सहज भएसँगै निक्षेपको बदलामा प्रथम बीमाशुल्कको लागी मोलतोल गर्ने सम्भावना पनि अन्त्य हुनेछ ।

पीडित ऋणीका अनुसार बैंक र जीवन बीमकको मिलेमतोमा कर्जा लिनको लागी जीवन बीमा गर्नैपर्ने शर्त तेस्र्याएर ऋणीको घाँटी अठ्याउने काम भइरहेको छ । जसरी पनि ऋण चाहिएकाले बैंकका कर्मचारीले जे भन्छन्,त्यसमा हस् हजुर भन्नुको विकल्प छैन ।

जीवन बीमा कम्पनीका शाखा प्रबन्धकहरु गत वर्षसम्म वर्षान्तमा सापटी वा ऋण लिएरै भएपनि प्रथम बीमाशुल्कको लक्ष्य पुरा गर्न पैसाको जोहो गर्दै आएका थिए । तर यसपटक बैंक तथा वित्तीय संस्थासँगै लगानीयोग्य रकम नहुँदा उनीहरुले सापटी वा ऋण प्राप्त गर्ने मूल नै सुकेको छ ।

तनाव छ सर, तनाव, जुम मिटिङमा हाकिमले व्यापार किन भएन मात्रै सोध्छन्, नयाँ मध्येको बीमा कम्पनीका एक क्षेत्रिय प्रबन्धकले गुनासो गर्दै भने, बजारमै पैसा नभएको अवस्थामा हामीले पोहोरकै जस्तो कसरी बीमालेख बेच्न सक्छौं ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS