IME Life
Beema Board

मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

SPIL
NIC ASIA

काठमाडौँ । मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साथै ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

Prabhu
Crest

सन २००३ देखि मेटलाइफले आफ्नो शीर्ष प्रतिनिधिहरुलाई सम्मान गर्दै आएको छ । साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरुको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चितताका लागि सहयोग गर्दै आइरहेको छ ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ । डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS