IME Life
Beema Board

बीमा कम्पनी र बीमा अभिकर्ताका लागि आर्थिक वर्षको अन्तिम दुई महिना, सुनिता थापाको विचार

SPIL
NIC ASIA

काठमाडौं । समाजको अग्रभागमा रही सर्बसाधारणलाई बीमाको आवश्यकता र महत्वको बिषयमा जानकारी गराउने व्यक्ति बिमा अभिकर्ता हुन । बीमा अभिकर्ताले प्रचलित ऐन कानुन बमोजिम आय आर्जन गर्दछन् । बीमा गर्न चाहने ब्यक्तिको आय श्रोत ,स्वास्थ्य अवस्था ,आर्थिक अवस्था आदीको मूल्याङ्कन गरी बीमा अभिकर्ताले आफ्नो बीमा योजना पेश गरेका हुन्छन् ।

बीमाको पुर्ण ज्ञान, पेशा प्रतीको इमान्दारिता,जनसम्पर्क कायम राख्न सक्ने खुबी र काम प्रतिको निरन्तरताले नै एक सफल अभिकर्ता बन्न प्रेरित गर्दछ । बीमित समक्ष बीमा बिक्री गर्नका लागी अभिकर्ताले ग्राहकको आवश्यकता ,समस्या, गोपनीयताको ख्याल गर्नु पर्ने हुन्छ । साथै बीमा योजना बीमितको क्षमता अनुसार मात्र प्रस्तुत गर्नुपर्दछ ।

Prabhu
Crest

सधै सकरात्मक सोच र आशाबादी भएका व्यक्तिमात्र यो पेशा मा सफल हुन्छन् । यो जनाबद्ध रुपमा नेतृत्वदायी तरिकाले आफ्नो काममा कटिबद्ध भएमा अभिकर्ता सदैव सफल रहेको हुन्छ । ज्ञानको कमि, सिमित प्रलोभन ,बीमा नै पुर्णकालिन पेशा नबनाउने केहि अभिकर्ताका कारण बीमाप्रतीको धारणा गलत गएको समेत देखिन्छ । बीमा र बीमा अभिकर्ता पेशालाई मर्यादित बनाउन नियमनकारी निकाय बीमा समितीले अभिकर्ताको आचार संहिता समेत बनाएको छ ।

बीमा बजारमा भ्रम छर्ने र केहि बर्षमा नै अभिकर्ता पेशाबाट लोप हुने सिमित अभिकर्ताका कारण बीमितले र व्यवसायीक अभिकर्ताले दुख पाएका कैयन उदाहरणहरु रहेका छन् ।

तपाईं बीमा गर्न खोज्दै हुनुहुन्छ भने तपाईं समक्ष आइपुगेका अभिकर्ता ब्यवसायिक हो वा होइन भन्ने जानकारी समेत लिन जरुरी छ । यसले तपाईलाई बीमाको सेवा प्रारम्भ गरेदेखी तपाइलाई परेको समस्या समाधान गर्नसम्म सोही अभिकर्ताबाट सेवा लिने वातावरण बनाउनेछ ।
भनिन्छ जेठ र असार महिना कृषकका लागि बिउ छर्ने महिना हो । कृषकले वर्ष भरिको खेतिको सुरुवात गर्ने महिनामा भने अभिकर्ताले आफ्नो बाली भित्राउने महिनाको रुपमा लिने गरेको छ । आर्थिक बर्ष भरिको ब्यवसायिक उपलब्धीको आधारमा सेवा सुबिधा प्राप्त गर्ने भएकाले जेठ र असार महिना अभिकर्ताको लागि महत्वपुर्ण २ महिना मानिन्छ ।

कम्पनीले राखेको विभिन्न खाले सम्मान तथा पदमा पुग्नका लागि समेत यो दुइ महिनाको मेहेनत अपरिहार्य रहन्छ । बीमा कम्पनीले समेत यो दुइ महिनाका लागी विशेष प्रोत्साहन योजना राखेको हुन्छ । समग्र बीमा क्षेत्र नै यो २ महिनाभरि तातेको देखिन्छ ।
समग्रमा हेर्दा बीमाको सम्भावना नेपाल जस्तो मुलुकमा प्रचुर मात्रामा रहेको छ । जसलाई अझ धेरै व्यवसायीक र बजार केन्द्रीत गराउन सके बीमालाई नै पुर्णकालिन पेशा बनाउने अभिकताका लागि थप सहज हुने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS