IME Life
Beema Board

जीवन बीमामा मन्दीको नकारात्मक असर,पाँच वर्ष अघिकै अवस्थामा पुग्यो नयाँ व्यापार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आम्दानी क्रमिकरूपमा बढ्दै गएपनि नयाँ बीमा व्यवसाय पाँच वर्ष अघिको भन्दा पनि कमजोर अवस्थामा पुगेको छ। जीवन बीमा व्यवसाय अन्तर्गत नयाँ बीमालेख बिक्रीवापत प्राप्त हुने प्रथम् बीमाशुल्क आम्दानीको खस्कँदो अंकले यो व्यवसायका लागि आगामी दिन चुनौतीपूर्ण हुने देखिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा जीवन बीमा कम्पनीले बीमालेख बिक्रीबाट प्रथम् बीमाशुल्क वापत ३५ अर्ब ८१ करोड रूपैयाँ आम्दानी गरेका थिए । गत आव २०७९/८० मा जीवन बीमकले नयाँ बीमालेख जारी गरेर बीमितबाट जम्मा ३१ अर्ब २४ करोड रूपैयाँ प्रथम् बीमाशुल्क संकलन गरेका छन् । पाँच वर्ष अघिको प्रथम् बीमाशुल्कको तुलनामा गत वर्षको प्रथम् बीमाशुल्क वापतको आम्दानी ४ करोड ५७ लाख रूपैयाँ कम हो ।

Prabhu
Crest

प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा जीवन बीमकहरुको कूल बीमाशल्क संकलन क्रमिक रुपमा बढ्दै गएको छ । आ.व. २०७५/७६ मा जीवन बीमकले कूल बीमाशुल्क ७७ अर्ब ७ करोड रूपैयाँ संकलन गरेकोमा गत आ.व. २०७९/८० सम्म आइपुग्दा बढेर १ खर्ब ४२ अर्ब रूपैयाँ नाघेको छ। यसैगरी नविकरण बीमाशुल्क वापत गत आवमा जीवन बीमकले १ खर्ब ११ अर्ब ३४ करोड रूपैयाँ पुगेको थियो । प्राधिकरणका अनुसार प्रथम् बीमाशुल्क आ.व २०७६/७७ मा  ४१ अर्ब १५ करोड रूपैयाँ र आ.व.२०७७/७८ मा ४९ अर्ब ६१ करोड रूपैयाँ थियो । आ.व २०७६/७७ को तुलनामा आव २०७७/७८ मा झिनो अंकले बढेपनि आ.व. २०७८/७९ देखि क्रमशः संकुचित हुँदै गएर पाँच वर्ष अघिकै अवस्थामा पुगेको छ। आव २०७८/७९ मा जीवन बीमकले नयाँ बीमालेख जारी गरेर ४१ अर्ब ४५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेका थिए ।

 

जीवन बीमकको समग्र व्यापारमा सावधिक प्रकृतिका परम्परागत जीवन बीमालेखको बिक्रीवापत प्राप्त हुने प्रथम् बीमाशुल्क वापतको आम्दानी पनि क्रमशः खस्कँदै गएको छ। जीव्न बीमकले म्यादी जीवन बीमा, लघु बीमा र वैदेशिक रोजगार जीवन बीमातर्फ ध्यान केन्द्रित गर्न थालेका छन् । १४ वटा जीवन बीमकमध्ये सन नेपाल लाइफको व्यापार वैदेशिक रोजगार बीमालेख बिक्रीमै निर्भर छ । नेपाल लाइफले पनि यो बीमालेखबाट ठूलो हिस्सा प्राप्त गरिरहेको छ।

वैदेशिक रोजगारीका लागि पलायन हुने यूवाहरूको संख्या बढ्दै गएकाले वैदेशिक रोजगार बीमावापतको बीमाशुल्क आम्दानी क्रमशः बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि यो बीमा अनिवार्य गरिएकाले जीवन बीमकलाइ व्यापार खोज्न सहज भएको छ। चालू आवको चैत्र मसान्तसम्ममा जीवन बीमकले वैदेशिक रोजगार बीमालेखको बिक्रीबाट २ अर्ब २८ करोड ३८ लाख ८८ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लघु वित्त र सहकारी संस्थाका ऋणीहरूको लघु र म्यादी बीमा अनिवार्य भएकाले यो क्षेत्रले पनि जीवन बीमा कम्पनीहरूलाइ केही हदसम्म भरथेग गरिरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS