IME Life

सिडी रेसियो कायम गर्न बैंकहरु कर्जा प्रवाहमा संयमित, तरलता अभावको समस्या टर्दै

SPIL
NIC ASIA

काठमाडौं । सिडी रेसियो कायम गर्न बाणिज्य बैंकहरु संयमित देखिन थालेका छन् । असार मसान्तभित्र सम्पुर्ण बाणिज्य बैंकहरुले सिडी रेसियो ९० प्रतिशतमा कायम राख्नु पर्नेछ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन हुन नसक्दा बाणिज्य बैंकहरुको सिडी रेसियो ९२ प्रतिशतसम्म पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले असार मसान्तभित्र मौद्रिक नीति अनुसारको व्यवस्था कार्यान्वयन नगरे कारबाही गर्ने भने सँगै बैंकहरुले केहि समयदेखि नयाँ कर्जा प्रवाह नै ठप्प पारेका छन् । बैंकहरुले जेठ तेस्रो सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढाउदा कर्जा विस्तार भने २ अर्बले घटेको छ ।

Prabhu
Crest

जेठ महिनामा मात्रै बाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । तर कर्जा विस्तार भने ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । कर्जा प्रवाह रोक्दा सिडी रेसियो घटिरहेको छ । यस अवधिमा बैंकहरुले ४३ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

बाणिज्य बैंकहरुले सिडी रेसियो ९०.३२ प्रतिशत रहेको भन्दै सार्वजनिक गर्दै गर्दा नेपाल राष्ट्र बैंकले भने ८९.९४ प्रतिशत रहेको जनाएको छ । जसमा कतिपय बैंकहरुको अझै पनि सिडी रेसियो ९० प्रतिशत भन्दा माथि छ । त्यसैले केहि बैंकहरुले मात्रै नयाँ कर्जा प्रवाह गर्न सक्छन् ।

अव असार मसान्तसम्ममा सरकारी खर्च बढ्ने भएकाले बाणिज्य बैंकहरुमा थप निक्षेप भित्रिनेछ । यदि यहि अनुपातमा निक्षेप भित्रिदै गयो भने बल्ल नेपाल राष्ट्र बैंकले तोकिदिएको दर कायम गर्न पाउछन् । त्यसैले अझै पनि केहि समय बैंकहरु कर्जा प्रवाहमा संयमित हुनुपर्नेछ ।

बैंकहरु जेठ र असारमा संयमित भए पनि आगामी साउनदेखि तरलता अभावको समस्या विस्तारै टर्दै जाने देखिन्छ । साथ साथै नेपाल राष्ट्र बैंकले एक वर्ष बजारलाई पेनिक बनाएर भए पनि सिडी रेसियो स्थापित गर्न सफल हुने देखिन्छ ।

लगानीकर्ता, बैंक लगायत मन्त्रीहरुले नै सिडी रेसियो हटाउन दवाव दिदा पनि गभर्नर महाप्रसाद अधिकारीले अडान लिए पनि अहिलेको अवस्था सिर्जना भएको हो । नेपाल राष्ट्र बैंककै कारण अहिले बजारमा पेनिङ अवस्था सिर्जना भएको हो । बजारमा प्रयाप्त तरलता प्रवाह नहुँदा मुकुक नै आर्थिक मन्दीमा फसेको विश्लेषण भइरहेको छ ।

नेपाल राष्ट्र बैंककै कारणले पनि शेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ । कर्जा प्रवाहलाई रोक्न राष्ट्र बैंकले शेयरधितो कर्जालाई ४/१२ करोड रुपैयाँको क्याप लगाइदिएको छ । एकातिर बैंकहरुलाई नयाँ कर्जा प्रवाह गर्नै नसक्ने गरी नियन्त्रणात्मक व्यवस्था गर्नु र अर्को तर्फ शेयर धितोकर्जालाई क्याप लगाइदिदा शेयर बजार नै क्य्रास भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS