IME Life

फ्युचर बोनशका कारण बीमितलाई लाभ कि हानी ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले फ्युचर बोनशको प्रावधान राखेर बोनशलाई स्थायीत्व प्रदान गर्ने प्रयास गर्दा परिपक्व बीमा वापत भुक्तानी लिने बीमितलाई आर्थिक नोक्सानी पुग्न गएको छ । जीवन बीमा कम्पनीहरुले बीमितले पाउने बोनश रकमको २० प्रतिशत हिस्सा भविष्यको लागी जगेडा गरेर राखेको हुँदा परिपक्व बीमाको भुक्तानी लिने बीमितले यस्तो हिस्सा गुमाउनुपर्ने बाध्यता भएको हो ।

बीमा समितिले आर्थिक वर्ष २०७६/७७ देखि नै फ्युचर बोनश(भावी बोनश)को लागी प्रत्येक आर्थिक वर्षमा बीमितले प्राप्त गर्ने बोनशको २०–२० प्रतिशतको दरले कट्टा गरी फ्युचर बोनशको लागी छुट्टयाउनुपर्ने प्रावधान लागू गरेको छ । उदाहरणको लागी कुनै जीवन बीमकको बीमांकी मूल्यांकनपछि आर्थिक वर्ष २०७७/७८ को लागी १५ वर्षे सावधिक बीमा योजनाको वार्षिक बोनश दर ६० कायम भएको छ । तर फ्युचर बोनश व्यवस्थाका कारण बीमकले बीमितलाई आर्थिक वर्ष २०७७/७८ को बोनशवापत ६० रुपैयाँ वितरण गर्न पाउँदैन । उसले ६० रुपैयाँको २० प्रतिशत अर्थात् १२ रुपैयाँ फ्युचर बोनश व्यवस्थाको लागी छुट्याएर बाँकी ४८ रुपैयाँ मात्र आर्थिक वर्ष २०७७/७८ को बोनश वापत बीमितलाई वितरण गर्नेछ । नयाँ बोनश दर नआउँदै बीमितको बीमालेख परिपक्व हुँदा वा समर्पण गर्दा वा बीमालेख कर्जा लिनुपर्दा बीमकले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई दिने बोनश रकम ४८ रुपैयाँको दरले गणना गर्छ ।

Prabhu
Crest

फ्युचर बोनशको प्रावधानका कारण बीमितले पाउने बीमालेख कर्जाको रकम पनि घटेको नेपा लाईफ इन्स्योरेन्सका अभिकर्ता कृष्ण प्रसाद आचार्यले गुनासो गरे । उनले भने, बीमितको बोनशमा असर नपारी शेयरधनीको मुनाफाको हिस्साबाट फ्युचर बोनश व्यवस्थापन गर्नु उपयुक्त हुनेछ, यसले दीर्घकालमा शेयरधनीलाई समेत फाइदा हुनेछ ।

बीमा समितिका अनुसार फ्युचर बोनश बीमितको तत्कालीक भन्दा पनि दीर्घकालीन हितलाई मध्यनजर गर्दै कार्यान्वयनमा ल्याइएको हो । बीमालेखको समर्पण, बीमालेख कर्जा र परिपक्व बीमालेखको हकमा सीमित बीमितलाई केही नोक्सानी भएपनि यो निर्णय बीमितको ठूलो हिस्साको हितमा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS