शिखर इन्स्योरेन्स कम्पनीको भरतपुर शाखामा आगलागी हुँदा कर्मचारी सकुन्तला पौडेलको मृत्यु

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको भरतपुर शाखामा आगलागी हुँदा कर्मचारी सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको छ । शाखा कार्यालयमा करेन्ट सट हुँदा आगलागी भएको हो ।

आगलगानी हुँदा कार्यालय भित्रका कागजपत्र जलेर नष्ट भएको छ । कम्पनीको केन्द्रिय कार्यालयका कर्मचारीहरु घटना स्थलमा पुगिसकेका छन् । उनिहरुका अनुसार करेन्ट सट भएर आगलागी हुँदा धेरै नै क्षति भएको छ । ३५ वर्ष पौडेलको मृत्यु भएको छ भने कर्मचारी तरुण थापा घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार