IME Life
Beema Board

डोटीमा रिलायन्स लाइफले गर्यो बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । बीमा समितिको ‘बीमा सम्बन्धी जनचेतनामुल कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला विभाजन गरेको थियो । सोही अनुरुपम कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

डडेल्धुराका शाखा प्रबन्धक लक्ष्मण दत्त पाण्डेयका अनुसार उक्त कार्यक्रममा स्थानीय सर्वसाधारण विशेष गरि युवाहरुको उत्सुक्तापुर्ण सहभागिता रहेको थियो । यस कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने पनि उनले व्यक्त गरे ।

Prabhu
Crest

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले चालु आर्थिक वर्षभित्र बीमाको दायरा ३३ प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।सो अनुसार समितिले जीवन बीमा कम्पनीहरुलाई स्थानीय निकायमा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गर्न दिएको निदेर्शन बमोजिम रिलायन्स लाइफ इन्स्योरेन्सले डोटीमा उक्त कार्यक्रम संचालन गरेको जनाएको छ ।

कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम, पुनर्जागरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कम्पनीले पूर्वी रुकुममा पनि उक्त कार्यक्रम गरिसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS