IME Life

बैंकिङ तरलता अभावको प्रभाव निर्जीवन बीमा व्यवसायमा, मोटर र सम्पत्तीको बीमा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ तरलता अभावको प्रभाव निर्जीवन बीमाको व्यवसायमा देखिन थालेको छ । बैंकहरुले नयाँ कर्जा प्रवाहमा रोक लगाउदा सम्पत्तीको बीमाको व्यवसायमा गिरावट आएको छ । त्यस्तै मोटरसाइकल तथा गाडीको आयात घटेसँगै मोटर बीमाको व्यवसायमा पनि गिरावट देखिएको छ ।

नेपाल सरकारले आयातमा औपचारिक तथा अनौपचारिक रुपमा कडाइ गर्दा सामुद्रिक मार्गबाट आयात गर्ने आयात बस्तुको आयात घट्दा यस तर्फको व्यवसायमा पनि गिरावट देखिएको छ ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुले गत माघ, फागुन र चैत महिनामा जारी गरेका बीमा पोलिसी र उक्त पोलिसीबाट आर्जन भएको बीमा शुल्कलाई हेर्दा सम्पत्तीको बीमाको बजार हिस्सा तीन महिनाकै अवधिमा ३२ प्रतिशतबाट १९ प्रतिशतमा खुम्चिएको छ । बैंकले घर तथा जग्गाको कर्जा प्रवाह घटाउदा यस समुहको बीमा पनि घटेको हो । बैंकहरुले घर तथा सम्पत्ती धितोमा राखेर कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गरेका छन् । बैंकबाट यस्तो समुहमा कर्जा प्रवाह रोकिदा बीमा नै घटेको देखिन्छ ।

यस अवधिमा मोटर बीमाको बजार हिस्सा पनि ३९ प्रतिशतबाट ३० प्रतिशतमा खुम्चिएको छ । गत फागुनमा हवाइ बीमाको बजार हिस्सा १७ प्रतिशत देखिए पनि चैत महिनामा भने ३.१७ प्रतिशतमा झरेको छ ।

चैत महिनामा इन्जिनियरिङ, विविध र कृषि तथा बाली बीमाको बजार हिस्सामा उल्लेख्य सुधार देखिएको छ । बीमा समितिले नन ट्यारिफ बीमा व्यवसायको दर निर्धारण गरिदिए सँगै इन्जिनियरिङ बीमाको बीमा शुल्क बढेको हो । यस सँगै इन्जिनियरिङ बीमाको बजार हिस्सा ३ प्रतिशतबाट २२ प्रतिशत पुगेको छ ।

चैत महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा भने गिरावट आएको छ । कम्पनीहरुले गत फागुन महिनामा तीन अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चैत महिनामा भने जम्मा तीन अर्ब ४० करोड रुपैयाँ मात्रै आर्जन गरेका छन् । तर जारी भएको बीमा संख्या हेर्ने हो भने गत फागुनको भन्दा चैतमा धेरै रहेको छ ।

सम्पत्ती बीमाको बीमा शुल्क आर्जन गत माघमा ८९ करोड २७ लाख रुपैयाँ रहेकोमा फागुनमा ७० करोड ७६ लाख रुपैयाँ र चैत महिनामा जम्मा ६५ करोड ७२ लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । सर्वाधिक बजार हिस्सा रहेको मोटर बीमाबाट गत माघ महिनामा एक अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका बीमा कम्पनीले गत फागुन महिनामा एक अर्ब ९ करोड रुपैयाँ र अहिले चैत महिनामा जम्मा एक अर्ब ४ करोड रुपैयाँ मात्रै छ ।

गएका वर्षमा सित्तैमा इन्जिनियरिङ बीमा गर्दै आएको बीमा कम्पनीले गत चैत महिनामा भने ७५ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत माघ महिनामा यस्तो बीमा मार्फत बीमा कम्पनीहरुले जम्मा ८ करोड ३७ लाख रुपैयाँ मात्रै आर्जन गरेका थिए ।

नेपाल सरकारले आज मात्रै राजपत्रमा सूचना प्रकासित गर्दै २५० सिसि भन्दा बढि क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको छ । यसको असर आगामी दिनमा बीमा कम्पनीमा थप देखिनेछ । सरकारले महंगा गाडीमा धेरै पहिलादेखिनै रोक लगाउदै आएका मोटर बीमाको संख्या बढे पनि बीमा शुल्क आर्जनमा कमि आएको हो । बीमा कम्पनीहरुका लागि जति महंगोको गाडी आयात भयो त्यस बापतको बीमा शुल्क आर्जनमा पनि बृद्धि आउछ । नेपाल राष्ट्र बैंकले दुई तीन महिनादेखि एलसीमा कडाइ गर्दै आइरहेका सामुद्रिक मार्गबाट सामान ल्याउने क्रममा हुने बीमा शुल्क आर्जनमा कमि आएको छ ।

समग्र अर्थतन्त्रको स्वरुप परिवर्तन हुँदा बीमा कम्पनीहरुको व्यवसायको प्रकृति नै परिवर्तन भएको छ । यहि हिसावले आर्थिक मन्दी बढ्दै जाने हो भने आगामी दिनमा बीमा व्यवसायमा पनि ठुलो प्रभाव पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS