Connect IPS
IME Life

सामाजिक सुरक्षा कोषबाट झण्डै २२ हजारले लिए बीमा सुविधा, हालसम्म एक अर्ब भन्दा धेरै भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । २०७५ मंसिर ११ मा प्रारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले करिब तीन वर्षको समय पार गरिसकेको छ । कोषले श्रमिकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्दै आइरहेको । श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षाको सुविधा पाउदै आएका छन् ।

अहिलेसम्मको अवस्थामा श्रमिकहरुले कोषबाट एक अर्ब एक करोड ५३ लाख रुपैयाँको दाबी भुक्तानी प्राप्त गरिसकेका छन् । जसमा स्वास्थ्य उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत कोषल ८ हजार २३७ जनालाई १५ करोड ९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत पनि हालसम्म ३३६ जनाले एक करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Prabhu
Crest

आश्रीत परिवार योजना अन्तर्गत १८० जनाले २ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी पाएको कोषले जनाएको छ । कोषले बृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १३ हजार १६७ जनाले यो सुविधाको उपभोग गरिसकेका छन् ।

कोषमा हालसम्म १७ हजार ३३ वटा रोजगारदाता कम्पनीको तर्फबाट तीन लाख २७ हजार जना श्रमिकहरु आवद्ध भइसकेका छन् । कोषले २०७८ चैत्र २७ सम्ममा करिब १५ अर्ब ७ करोड योगदानमा आधारित रकम संकलन गरेको छ ।

कोषले व्यवस्था गरेको प्रत्येक सेवा सुविधामा सहभागी श्रमिकले आफू अनुकुल दावी पाउने गरेका छन् । जसले गर्दा सामाजिक सुरक्षा कोष औपचारिक तथा अनौपचारिक क्षेत्रमा आवद्ध श्रमिकका लागि भैपरिआउने आर्थिक एवम दुर्घटना जोखिमलाई न्यूनिकरण गर्ने राम्रो माध्यम बनेको छ ।

यस कोषले श्रमिहरुका लागि विशेषत ४ प्रकारका सुविधाको व्यवस्था गरिएको छ । जसमध्ये तीनवटा सुविधालाई बीमा पोलिसिकै रुपमा लिन सकिन्छ । बीमा कम्पनीले बीमितको जीवनको हर जोखिमको जिम्मा लिएजस्तै कोषमा सहभागी श्रमिकको जीवनमा आइपर्ने जोखिमलाई कोषले उठान गर्ने कोषका प्रवक्ता विवेक पन्थी बताउँछन् । नेपाली श्रमिकले कुनै खाले जोखिमबाट पिडित हुन नपरोस भन्ने उदेश्यका साथ सरकारले यस कोषको स्थापना गरेको उनको भनाई छ ।

के के छन् त कोषले व्यवस्था गरेको योजना ?

सामाजिक सुरक्षा कोषमा अवद्ध श्रमिकको नामबाट प्रत्येक महिना ३१ प्रतिशत रकम कोषमा जम्मा हुने गर्दछ । जुन रकम रोजगारदाताले २० प्रतिशत र श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । कोषमा आबद्ध श्रमिकका लागि कोषले विशेषत ४ प्रकारका योजनाहरु अघि सारेको छ । जसमध्ये ३ वटा योजनालाई बीमा स्किमकै रुपमा व्यवस्था गरिएको छ । ३१ प्रतिशत रकममध्ये २ दशमलब ६७ प्रतिशत यी ३ बीमा स्किमबाट र बाँकी २८ दशमलब ३३ प्रतिशत भने चौथो योजनाबाट प्राप्त गर्न सकिने प्रावधान रहेको छ ।

१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

कोषमा सहभागी श्रमिकले औषधि उपचारका लागि बार्षिक रुपमा १ लाख रुपैयाँ रकम प्राप्त गर्न सक्छन् । साथै न्यूनतम १२ दिन विरामी विदा पाइने व्यवस्था रहेको छ । तर १२ दिनभन्दा बढी विदामा बस्नुपरे ७१ दिनसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले रकम प्राप्त गर्न सक्छन् । यसैगरि कम्तीमा ६० दिन प्रसुति बिदा समेत पाउने व्यवस्था रहेको छ भने प्रसुति स्याहार बापत प्रति शिशु १५ हजार रुपैयाँको व्यवस्था रहेको छ । यस योजना अन्तर्गत ८ हजार २३७ जनाले दावी गरेका छन् । यसअन्तर्गत कोषले २०७८ चैत २७ सम्ममा करिब १५ करोड ९ लाख बराबरको दावी भूक्तानी गरिसकेको छ ।

२) दुर्घटना र अशक्तता सुरक्षा योजना

कामको सिलसिलामा दुर्घटना भएको खण्डमा सम्पूर्ण उपचार खर्च कोषले व्यहोर्ने व्यवस्था रहेको छ । साथै व्यवसाय जन्य रोग लागेको खण्डमा पनि सम्पूर्ण खर्च कोषबाटै प्रदान गरिने व्यवस्था रहेको छ । कोषमा सहभागी भएका सक्रिय श्रमिक काम बाहेक अन्य कारण अशक्त भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले आजीवन पेन्सन पाउने व्यवस्था रहेको छ । यस योजना अन्तर्गत ३ सय ३६ जनाको दावीमा कोषले १४ करोड २२ लाख बराबरको दाबी भूक्तानी गरेको छ ।

३) आश्रित परिवार सुरक्षा योजना

यस योजना अन्तर्गत कुनै पनि कारणले श्रमिकको मृत्यु भएमा निजको श्रीमान वा श्रीमतीलाई आधारभूत पारिश्रमिको ६० प्रतिशतका दरले मासिक रुपमा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यदि श्रमिक अविवाहित भएको खण्डमा यो रकम श्रमिकको बुबा आमालाई आजीवन उपलब्ध गराउँदै आएको छ । साथै मृत्यु भएका श्रमिकको २१ वर्षभन्दा तलका सन्तान भएको खण्डमा ४० प्रतिशतका दरले मासिक रुपमा रकम प्राप्त गर्ने व्यवस्था रहेको छ । साथै कोषले मृत्यु संस्कार बापत २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत कोषमा १ सय ८० जनाको दाबी परेकोमा कोषले २४ करोड ३८ लाख बराबरको दाबी रकम भूक्तानी गरेको छ ।

४) वृद्ध अवस्था सुरक्षा योजना

श्रमिकले जम्मा गर्ने कुल ३१ प्रतिशत रकममध्ये २८ दशमलव ३३ प्रतिशत रकम यहि योजना अन्तर्गत प्राप्त गर्न सकिन्छ । श्रमिकको उमेर ६० वर्ष नाघेपछि निवृत्तिभरण २० प्रतिशत रकम प्राप्त गर्न सकिन्छ । साथै जागिरबाट अवकास लिएपछि बाँकी ८ दशमलव ३३ प्रतिशत रकम प्राप्त गर्ने व्यवस्था रहेको छ । तर श्रमिकले ६० वर्ष ननाघेको तर जागिर छोडेर तत्कालै रकम निकाल्न खोजेमा कोषबाट कर्जा समेत लिने सकिने व्यवस्था रहेको छ । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न थालेदेखि हालसम्म यस योजना अन्तर्गत करिब १३ हजार १६७ जनाले दाबी गरेका छन् जस अन्तर्गत कोषले ८२ करोड ५८ लाख बराबरको दावी भुक्तानी गरेको छ ।

माथि उल्लेखित ३ प्रकारका योजनामा दाबी गर्नका लागि भने श्रमिक (रोजगारदाता) ले प्रत्येक महिना कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । कोषमा सहभागी भएर ३ महिना पूरा गरेका श्रमिकले जुनसुकै योजनाबाट दाबी गरेता पनि भुक्तानी दिन सकिने कोषका प्रवक्ता पन्थीको भनाई छ । यद्यपी कोषमा प्रवेश गरेको ३ महिना पूरा नभएका, लगातार ३ महिनासम्म रकम जम्मा नगरेका श्रमिक भने कोषका कुनै खाले योजनामा व्यवस्था गरिएका सुविधाबाट वञ्चित हुने उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS