IME Life
Beema Board

छ्याङदी हाइड्रोपावरको लिलामीमा शेयर चैत ९ गतेसम्म भर्न पाइने

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने चैत ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गतेदेखि लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आगामी चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आबेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय बीर्तामोड, बिराटनगर, जनकपुर, आदर्शनगर, वीरगञ्ज, हैटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरमा बोलपत्र फारम पाउने र बुझाउन कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS