IME Life

चैत पहिलो सातामै निक्षेप र कर्जा विस्तार घट्दा सिडी रेसियोमा दवाव

SPIL
NIC ASIA

काठमाडौं । चैत पहिलो सातामै निक्षेप संकलन तथा कर्जा विस्तार ऋणात्मक देखिएको छ । चैतमा चालु खर्च बढ्ने र बैंकिङ प्रणालीमा निक्षेप आउने अपेक्षा गरिए पनि चैत पहिलो सातामा मात्रै निक्षेप संकलन ५ अर्बले घटेको छ । सँग सँगै कर्जा विस्तार पनि ४ अर्बले घटेको छ ।

बैंकर्स संघका अनुसार चैत चार गते शुक्रवारसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष कर्जा विस्तारको अनुपात धेरै नै घटेको छ ।

Prabhu
Crest

निक्षेपमा गिरावट सँगै सिडी रेसियो अहिलेसम्मकै सर्वाधिक धेरै ९१.१९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिएको छ । तर बैंकिङ प्रणालीबाट निक्षेप घट्न थाले पछि बैंकहरु दवावमा परेका छन् ।

प्रणालीबाट पैसा बाहिरिन थालेको भन्दै बैंकहरुले फागुन महिनामा निक्षेपको व्याजदर बढाएका थिए । तर चैतमा निक्षेप भित्रिने भन्दै बैंकहरुले व्याजदर बढाएनन् । व्याजदर नबढाउने वित्तीकै प्रणालीबाट निक्षेप भने घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS