IME Life
Beema Board

आजदेखि छ्याङदी हाइड्रोपावरको शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीले चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

साथै ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौंडा,नारायणगढ,पोखरा,बुटवल,बाग्लुङ, नेपालगञ्ज,सुर्खेत,दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउने र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS