IME Life
Beema Board

गुडविल फाइनान्सले कमायो ७ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा

SPIL
NIC ASIA

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिसम्म कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४२ दशमलव ७० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४२ दशमलव २२ प्रतिशत बढेको छ । गत वर्ष ७ करोड ८४ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस अवधिमा ११ करोड १५ लाख ९६ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

९४ करोड ६१ लाख १५ हजार रुपैयाँ चुक्त पूँजी भएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २३ दशमलव ३९ प्रतिशत बढेर ९५ करोड ७४ लाख ९ हजार कायम भएको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ८५ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले १० अर्ब ३८ करोड ५८ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन ३ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले ८ अर्ब ७ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ६५ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS