IME Life
Beema Board

५७ करोड रूपैयाँ बीमा दाबीको लागी श्रीमतिको हत्या

SPIL
NIC ASIA

काठमाडौं । अमेरिकाको पेन्सलभेनियाका एक पुरूषले श्रीमतीको दुर्घटनामा मृत्यु भएको झुठो दाबी गरेर ५७ करोड रूपैयाँँ दाबी हात पारेको खुलासा भएको छ ।

झूठो दाबी सम्बन्धी खुलासा घटना भएको पाँच वर्षपछि मात्र भएको हो । जंगलमा शिकार खेल्ने क्रममा श्रीमतीले झुक्किएर आफैंमाथि गोली चलाएको बयान सुरक्षाकर्मीहरूसमक्ष दिएका थिए ।

Prabhu
Crest

बीमा कम्पनीले छानबिन पछि दाबी भुक्तानी दिएपनि ठूलो रकमको दाबी भुक्तानी भएकाले बीमा कम्पनी र सुरक्षाकर्मीले यसबारे विस्तृत अनुसन्धान जारी नै राखेका थिए । अमेरिकी अनलाइन डेलीमेलका अनुसार श्रीमतिको हत्या आरोपी ६७ वर्षिय लरेन्स रुडोल्फले २०१६ मा आफ्नी पत्नी बियांकाको हत्या गरेको आशंका गर्ने पर्याप्त प्रमाण फेला परेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

लरेन्सले सन् २०१६ मा आफूहरू ‘अफ्रिकन सफारी’को लागि जाम्बिया गएका बेला शिकार खेल्ने त्यतिबेला पत्नीले झुक्किएर गोली चलाउँदा आफैंलाई लागेको दाबी गरेका थिए । जंगल सफारीमा नियमितजसो गइरहने लरेन्स दम्पतिको सन् १९८२ मा विवाह भएको थियो ।

लरेन्सले बीमा दाबी हात पारेपनि शंकास्पद मृत्यु लगत्तै सन् २०१६ मा बियांकाका एक साथीले अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइलाई मृत्यु शंकास्पद भएको बयान दिएका थिए । यो बयानका आधारमा एफबीआइले यो घटनाको सुक्ष्म अनुसन्धान शुरू गरेको थियो ।

एफबीआइको अनुसन्धानको क्रममा जाम्बियामा रहेका टुर गाइडले लरेन्स हत्याको घटनालाइ दुर्घटनाको स्वरूप दिनको लागी स्थानीय सुरक्षा अधिकारीलाइ पैसा दिएको खुलासा गरेका थिए । यसबाहेक अमेरिकाकै कोलोराडोका एक मेडिकल विशेषज्ञले बियांकाको तस्वीरको आधारमा उनले आफूमाथि बन्दुकले गोली चलाउनु कठिन भएको टिप्पणी गरेका थिए ।

एफबीआइले गरेको अनुसन्धानको क्रममा बियांकाको मृत्युपछि उनको पति लरेन्सले सात वटा बीमा कम्पनीबाट जीवन बीमावापत करिब ४.८ मिलियन डलर दाबी भुक्तानी हात पारेको तथ्य प्रकाशमा आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS