IME Life
Beema Board

आइएफआइसीको शेयर खरिद प्रकृयाँ रोक्न अदालतको आदेश

SPIL
NIC ASIA

काठमाडौं । अदालतले नेपाल बंगलादेश बैंकलाई आइएफआइसीको शेयर खरिद प्रकृयाँ रोक्न आदेश दिएको छ । बैंकका संस्थापक शेयरधनी मोतीलाल दुगडले हालेको मुद्दालाई सुनुवाइ गर्ने क्रममा न्यायाधिस रामचन्द्र पौडेलको एकल इजलासले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भन्दै आदेश दिएको हो । अदालले सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

दुगड समुहले आफूसँग भएको सम्झौता विरुद्ध आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकको स्वामित्व अर्कै पक्षलाई बिक्री गर्ने तय भएपछि दुगडले अदालतमा मुद्दा हालेको थियो ।

Prabhu
Crest

आइएफआइसीको स्वामित्वमा रहेको सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो । विनोद चौधरीको श्रीमति सारिका चौधरीको नाममा सेयर खरीद गर्ने सम्झौता भएको थियो ।

दुगड समूहले केही दिन अघि नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा पनि यस सम्बन्धमा उजुरी गरेको थियो। दुगड समुहले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्दै नेपाल राष्ट्र बैंकमा पनि उजुरी हालेको छ । उजुरीका साथै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS