IME Life

सानिमा जनरलले भर्चुअल माध्यमबाट मात्रै साधारणसभा गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले भर्चुअल माध्यम ‘जुम’ मार्फत मात्रै साधारणसभा गर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमण सँगै स्थानिय प्रशासनले २५ जना भन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरे सँगै कम्पनीले विद्युतिय माध्यम ‘जुम एप’ मार्फत सञ्चालन गर्ने भएको हो ।

कम्पनीले यहि पुस ३० गते चौथो वार्षिक साधारणसभा गर्दैछ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको कम्पनीले लेखापरिक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्ने योजना रहेको छ ।

Prabhu
Crest

साधारणसभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरिएको थियो । पुस १८ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग दिन पाउने छन् । साधारणसभामा उपस्थितिका लागि कम्पनीले जुम मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गर्नेमा सानिमा जनरल मात्रै पर्ने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS