IME Life
Beema Board

बाणिज्य बैंकहरुमा निक्षेप बढ्न थाल्यो, सातामा १४ अर्बले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको छ । अघिल्लो साता ४ अर्बले खुम्चिएको निक्षेप गत सातामा भने १४ अर्बले बृद्धि भएको छ । निक्षेप संकलन सँगै कर्जा विस्तार पनि बढेको छ । बैंकहरुले पुस तेस्रो सातामा मात्रै ११ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् ।

Prabhu
Crest

पुस १६ गतेसम्ममा बाणिज्य बैंकहरुले ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । दशै तिहारमा बाहिरिएको निक्षेप विस्तारै बैंकिङ प्रणालीमा आउने क्रम बढे सँगै निक्षेपमा सुधार भएको हो । व्यवसायीहरुले दशै, तिहारमा साथै नियमित उपभोग्य सामान खरिदका लागि लिएको कर्जा भुक्तानी गर्न थालेका हुन् । उनिहरुले बजारबाट पैसा उठाएर बैंकिङ कर्जा भुक्तानी गर्दा निक्षेपमा सपोर्ट गरेको छ । अर्को तर्फ गएको दुई तीन महिनादेखि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हुँदा उनिहरुले पठाउने रेमिट्यान्स बढ्दा बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको हो ।

सरकारले अझै पनि पूँजीगत खर्च राम्रो सँग गर्न सकेको छैन । लक्ष्य अनुसार खर्च नगरे पछि अर्थमन्त्रीले बजारको अवस्थालाई मध्यनजर गर्दै बजेट निकासालाई जोड दिदै आइरहेका छन् । यसै क्रममा केहि बढेको सरकारी खर्चको प्रभाव पनि बैंकिङ प्रणालीमा देखिन थालेको हो ।

अर्को तर्फ मन्त्रालयले स्थानिय तहको सञ्चित कोषमा रहेको रकम मध्ये ८० प्रतिशत रकमलाई निक्षेपको रुपमा जम्मा गरिदिने व्यवस्था भएको हुँदा अर्को साता बाणिज्य बैंकहरुको निक्षेप संकलन थप बढ्ने अपेक्षा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS