Connect IPS
IME Life

रिलायन्स लाइफले प्रविण रमणको कार्यकाल थपेन, नेपाल लाइफको डिसिइओमा जादै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्यकाल थप नगर्ने भएको छ । पराजुलीको कार्यकाल भोलिदेखि सकिदैछ । कम्पनीले पराजुलीको कार्यकाल भोलिदेखि सकिने भएकाले नै आजै साधारणभा सम्पन्न गरेको छ । साधारणसभा सकिने वित्तीकै उनले कार्यालय छाड्ने भएका हुन् ।

पराजुलीको कार्यकाल नथपिने भेउ पाउने वित्तीकै प्रमुख कार्यकारी अधिकृत विहिन नेपाल लाइफले पराजुलीलाई तान्ने प्रयास गरेको थियो ।  सोहि अनुसार उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी अहिले डिसिइओमा तान्ने सम्मको संझौता भएको छ । तर नेपाल लाइफ व्यवस्थापनले भने पराजुलीलाई डिसिइओ मै राख्ने तर प्रमुख कार्यकारी अधिकृत पदमा भने बैंकबाट ल्याउने तयारी गरिरहेको एक जानकारले बताए ।

Prabhu
Crest

बीमा समितिको संस्थागत सुशासनको धज्जी उडाउदै नेपाल लाइफ पराजुलीलाई ल्याउने अन्तिम तयारीमा छ । कम्पनीले पराजुली सँग सहमति समेत गरिसकेको बुझिएको छ । अहिलेलाई डिसिइओको रुपमा भित्र्याए पनि अझै ६ महिना कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन हुनेछ । यहि जोखिमलाई मूल्याङ्कन गर्दै उच्च व्यवस्थापनले प्रमुख कार्यकारी अधिकृतमा बैंकबाट ल्याउने आन्तरिक तयारी गरेको हुन सक्ने ति जानकारले बताए । अर्को तर्फ नेपाल लाइफका सञ्चालक रिलायन्स लाइफमा पराजुलीको प्रस्तुतीलाई देखाउदै यस पटक सिइओको जिम्मेवारी नदिने रणनीतिमा छन् ।

त्यस्तै उनिहरुको बुझाइमा पराजुलीले नेपाल लाइफको नेतृत्व सम्हाल्न सक्दैनन् । त्यसैले गर्दा बीमाको कोर काम उनैबाट गराउने तर  देखाउनका लागि डमी सिइओको रुपमा बैंकबाट कुनै व्यक्तिलाई झिकाउने सञ्चालकको तयारी छ । यस कम्पनीका सञ्चालकहरु चलाख र बलियो प्रमुख कार्यकारी अधिकृत रुचाउदैनन् । त्यसैले उनिहरु जे भन्यो त्यहि मान्ने ‘एस म्यान’ को खोजिमा रहेका छन् । यदि बैंकिङ क्षेत्रको व्यक्ति ल्याउने हो भने उसले बीमा सम्बन्धी केहि पनि जानेको हुँदैन र आफु अनुकुल काम लगाउन पाइन्छ भन्ने मानसिकतामा सञ्चालकहरु छन् ।

पछिल्लो समय निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको हकमा पनि यहि भएको हो । चार्टर्ड एकाउन्टेन्ट प्रसाइले हरेक कुरालाई डिफेन्स गर्न थाले पनि सञ्चालकले उनलाई कम्पनीबाट राजिनामा गर्ने अवस्था नै शिर्जना गरिदिएका हुन् । त्यसैले पनि नेपाल लाइफमा नाम चलेका र राम्रो प्रोफाइल भएका व्यक्तिहरु यस कम्पनीमा जान मान्दैनन् । पराजुली कार्यकाल थप नभए पछि समस्यामा थिए । त्यसैले गर्दा नेपाल लाइफको अफर स्वीकार गर्न बाध्य भएको एक जानकारले बताए ।

नेपाल लाइफ अहिले सञ्चालकको चरम हस्तक्षेपले चरम विवाद  र समस्यामा छ । बीमा समितिले नै नेपाल लाइफको यस्तो हर्कतलाई लिएर चासो राख्दै आएको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले बुझेको सञ्चालकको भत्ताका विषयमा समेत समितिले स्पष्टिकरण सोधेको छ । यदि सञ्चालक सञ्चालककै ठाउँमा नरहेको खण्डमा समितिले केहि हस्तक्षेप समेत गर्न सक्नु पर्ने अवस्था आउदैछ ।

यो पनि पढ्नुहोस्

नेपाल लाइफले संस्थागत सुशासनको धज्जी उडाउदै, अर्को कम्पनीको सिइओलाई डिसिइओमा तान्दै

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS