IME Life
Beema Board

हकप्रद निष्काशनका लागि छ्याङदी हाइड्रोपावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले निष्काशनको मिति भने तोकेको छैन।

Prabhu
Crest

बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्ता पूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

३० प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS