IME Life
Beema Board

समता घरेलुको साधारण सभा आज, एफपिओ जारी गर्ने प्रस्ताव पारित गर्दै

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित आज पुस ७ गते आठौ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले धुलिखेलको मिरावेल रिसोर्टमा विहान साढे ११ बजे साधारणसभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको ५ प्रतिशत नगद लाभांश र २० प्रतिशतको बोनश शेयर पारितका लागि साधारणसभामा पेश गर्नेछ ।

Prabhu
Crest

समता घरेलु लघुवित्त वित्तीय संस्था साविकका समता लघुवित्त र घरेलु लघु बित्त एक अर्कामा मर्जर भइ २०७८ बैशाख २ गतेदेखि सञ्चालन हुँदै आएको छ । मर्जरका कारण संस्थाको शेयर संरचनामा फरेबदल भएको थियो । सोहि क्रममा सर्वसाधारण समुह तर्फ न्युनतम ३० प्रतिशत नहरेकाले ३० प्रतिशत पुर्याउनका लागि एफपिओ जारी गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले प्रस्ताव गरेको लाभांश मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्न सक्ने छन् । साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गरेको थियो ।

 

 

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS