नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । नेपाल सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् ।

बीमा समितिको अध्यक्ष हुन नसकेका घिमिरेलाई नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समय समयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बीमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार