IME Life
Beema Board

बीमा कम्पनीलाई जनचेतनामुलक कार्यक्रम गर्न बीमा समितिका अध्यक्षको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्न निर्देशन दिएका छन् । जीवन बीमक संघ नेपालले मंगलबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले समितिले आफ्नो हिसावले स्थानीय निकायहरुमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरिरहेको र आगामी दिनमा कम्पनीहरु आफैले पनि यस्तै कार्यक्रम गर्नु पर्ने धारणा राखेका हुन् ।

हिजोको कार्यक्रममा बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक, निर्देशक तथा उप निर्देशकहरुको उपस्थिति थियो । त्यस्तै सम्पुर्ण जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु थिए । कार्यक्रममा बीमा व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको एक सहभागीले जानकारी दिए ।

Prabhu
Crest

अध्यक्ष सिलवालले बजारमा अझै पनि जनचेतनाको कमी रहेको र यसका लागि बीमा समिति र कम्पनीहरु मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए । जनचेतनाका लगि बीमालाई विभिन्न हिसावले क्याम्पियन गर्न उनले सुझाएका थिए ।

सहभागीहरुले अहिले भइरहेको संरचनाबाट कसरी उत्कृष्ठ सेवा सुविधा दिने  र यो क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर समितिलाई सुझाव दिएका थिए । उनिहरुले काम गर्ने सिलसिलामा कहाँ कहाँ ग्याप रहेको छ त्यस्ता विषयमा छलफल गर्नु पर्ने धारणा राखेका थिए । समितिले पनि कम्पनीहरुलाई समयमा साधारणसभा गर्न, वित्तीय विवरण तयार पार्न अनुरोध गरेको थियो । समयमा साधारणसभा सम्पन्न गर्नका लागि आवस्यक पर्ने कुराहरु पुरा गर्न समिति तयार रहेको अध्यक्ष सिलवालले बताएका थिए । त्यस्तै बीमा कम्पनीहरुको बोनशदर, संस्थागत शुसासनको पालना तथा कम्प्लाइन्सका विषयमा छलफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS