IME Life
Beema Board

जानी राख्नुहोस कस्तो अवस्थामा बीमा दाबी पाइदैन् ?

SPIL
NIC ASIA

काठमाडौं। जीवन बीमा योजना खरिद गरेका बीमितहरु माझ बीमा कम्पनीबाट मृत्यु दाबी वा दुर्घटनाबाट अपाङ्गता भएको अवस्थामा पनि दाबी भुक्तानी नपाएको गुनासो सुनिन्छ। अनौपचारिक कुराकानीमा पनि बीमा गर्ने समयमा अनेक आश्वासन दिएर बीमा गर्ने तर दाबी दिने बेला अनेक अवरोध खडा गरेर आलटाल गर्छन् भन्ने गुनासो पनि सुनिन्छ। यद्यपी पूनर्बीमाको पर्याप्त व्यवस्था र बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाको कारण अहिले जीवन बीमा कम्पनीहरुबीच एक करोड रुपैयाँ भन्दा ठूलो दाबी समेत सक्दो चाँडो भुक्तानी गर्ने प्रतिस्पर्धा शुरु भएको छ।

जीवन बीमा गराउँदा दाबी भुक्तानी पाउने पुरा हुनैपर्ने शर्त वा अवस्थाबारे बीमितले जानकारी लिनैपर्ने हुन्छ। र असल अभिकर्ताले पनि यस्तो जानकारी नलुकाई सबिस्तार वर्णन गरेर बीमितसँगको विश्वासको सम्बन्ध कायम राख्नुपर्छ। कुनै पनि बीमा गर्नुपूर्व वा गरिसकेपछि दाबी पाउने नपाउने अवस्थाबारे जान्नै पर्ने केही महत्वपूर्ण पक्षहरु:

Prabhu
Crest

प्रतिक्षा अवधि पुरा नभएमा:
जीवन बीमा योजना खरिद गरेलगत्तै सबै बीमा योजनामा जोखिम बहन शुरु हुँदैन। जोखिम बहन शुरु हुनको लागि केही दिन वा वर्षको प्रतिक्षा अवधि तोकिएको हुन्छ। यस्तो प्रतिक्षा अवधि पुरा नहुँदै बीमितको निधन भयो वा अस्वस्थता वा दुर्घटनामा परेर अपाङ्गता भने बीमा दाबी पाइदैन।

उदाहरणका लागि बालबालिकाको जीवन बीमा योजनामा बीमा गरेको दुई वर्ष ननाघेको वा बीमित बालबालिकाको उमेर ६ वर्ष पुरा नहुँदासम्म बीमाको जोखिम रक्षावरण शुरु हुँदैन । अर्थात् बच्चा ६ वर्ष भन्दा कम उमेरको छ भने ६ वर्षको उमेर पुरा भएपछि वा ६ वर्षको उमेरमा बीमा गरिएको छ भने दुई वर्ष पछि मात्र जोखिम बहन शुरु हुन्छ।

तर प्रस्तावकको हकमा भने बीमालेख जारी गरेकै मितिबाट जोखिम बहन शुरु हुन्छ र बीमित बालबालिकाको उमेर १६ वर्ष नपुग्दासम्म जारी रहन्छ।

म्यादी जीवन बीमा वा स्वास्थ्य बीमा योजनाहरुमा पनि प्रतिक्षा अवधि तोकिएको हुनसक्छ।
सबै बीमा योजनामा प्रतिक्षा अवधि तोकिएको हुँदैन ।बीमा गर्नु अघि यसबारे प्रष्ट जानकारी लिनुपर्छ।

बीमालेख व्यतित भएमा :
कुनै पनि बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमाशुल्क नियमित रुपमा भुक्तानी नगरिएको ‌अवस्थामा पनि बीमालेख अन्तर्गतको दाबी भुक्तानी पाइदैन। बीमाशुल्क तिर्नुपर्ने मितिबाट ६ महिनाभित्र नतिरेको अवस्थामा बीमालेख स्वत: व्यतित हुन्छ, अर्थात् ‌निष्कृय हुन्छ। निष्कृय भएको अवस्थामा बीमितको मृत्यु भयो वा कुनै दुर्घटनामा परेर आंशिक वा पूर्णरुपमा अपाङ्ग भयो भने यस्तो अवस्थामा दिइने दाबी भुक्तानी पाइदैन। तिर्न बाँकी रहेको बीमाशुल्क र व्यतित अवधिको ब्याज जरिवाना तिरेर बीमालेख पूनर्जागरण गर्न अर्थात् सकृय बनाउन सकिन्छ।‌
बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा प्राप्त गर्नको लागि अनिवार्य रुपमा नियमित बीमाशुल्क तिरेर बीमालेख सकृय राख्नुपर्छ।

आत्महत्या गरेको अवस्थामा:
बीमा जारी गरेको दुई वर्ष पुरा नहुँदैआत्महत्या गरेको अवस्थामा बीमा दाबी पाइदैन।

मोटरसाइकल दौड, घोडदौड, नदी वा पोखरीमा गोताखोरी, आत्मघात, यूद्धमा सहभागी भएको अवस्थामा मृत्यु भएको अवस्थामा बीमा कम्पनीले दाबी भुक्तानी गर्दैन।

त्यसैगरी यात्रु बाहेक अन्य हैसियतमा हवाई उडान गर्दा ,उचाईबाट हामफाल्दा मृत्यु भएमा पनि बीमा कम्पनीले दाबी भुक्तानी दिदैन।

कालगतिले मृत्यु भएको अवस्थामा नियमित बीमांक रकम र त्यस अवधिसम्मको बीमांक रकम बीमकले दाबी भुक्तानी गर्छ। बीमालेख वा पुरक करारमा उल्लेखित शर्त अनुसारको अन्य सुविधा समेत उपलब्ध गराउँछ।

बीमालेखमा दुर्घटना मृत्यु लाभ समेत समावेश गरेको छ भने दुर्घटनामा परेर वा बाहिरी चोटपटकको कारण बीमितको मृत्यु भएको अवस्थामा बीमितले ईछ्याइएको व्यक्ति वा कानूनीरुपमा हकवालाले बीमांकको दोब्बर रकम भुक्तानी प्राप्त गर्छन्।

घातक रोग लागेको अवस्थामा:
बीमितले घातक रोगविरुद्ध उपचार खर्च पाउने गरी अतिरिक्त शुल्क तिरेर थप सुविधा लिएको छ भने मुटुरोग, क्यान्सर, कलेजोको संक्रमण, मृगौला रोगलगायत १८ किसिमका घातक रोगको उपचार खर्च उपलब्ध हुन्छ।
तर घातक रोगको उपचारको लागि बाहेक सामान्य औषधि उपचारको लागि उपचार खर्च उपलब्ध गराउने सुविधा नेपालको अधिकांश जीवन बीमा कम्पनीमा छैन।
सरकारको स्वास्थ्य बीमा कार्यक्रम वा निर्जीवन बीमा कम्पनीहरुबाट स्वास्थ्य उपचार खर्च पाउने सुविधा भएको स्वास्थ्य बीमा गर्न सकिन्छ।

कानून उलंघन गरेको अवस्थामा:
कानूनले गर्न नहुने भनेर उल्लेख गरेको गतिविधिमा संलग्न भएको अवस्थामा मृत्यु वा अपाङ्गता भएको अवस्थामा बीमा दाबी पाइदैन।

झूठो विवरण उपलब्ध गराएमा:
बीमा योजना खरिद गर्नुपूर्व बीमा कम्पनीमा बुझाएको व्यक्तिगत‌ विवरण, स्वास्थ्य अवस्था, पारिवारिक विवरण लगायतबारेमा‌ झूठो विवरण उपलब्ध गराएको अवस्थामा पनि बीमा दाबी पाइदैन ‌।

माथि‌ उल्लेखित पक्षहरुलाई ध्यान दिनुभयो र पालना गर्नुभयो भने तपाईको बीमा दाबी अस्वीकृत हुनेछैन । यहाँ उल्लेख गरिए अनुसारको शर्त पुरा हुँदा पनि बीमा दाबी पाउनु भएन भने बीमा समितिको कार्यालय ललितपुर, कुपण्डोलमा जीवन बीमा कम्पनी विरुद्ध ‌मुद्दा दर्ता गर्न सक्नुहुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS