IME Life
Beema Board

छ्याङ्दीले ऋण तिर्न दुई पटक हकप्रद शेयर निष्काशन गर्दै, क्रमश ३० र ४० प्रतिशत आउदै

SPIL
NIC ASIA

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले दिर्घकालिन ऋण तिर्नका लागि दुई पटक हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कोभिड १९ का कारण भएको बन्दाबन्दी र बाढी पहिरोका कारणले गर्दा आयोजनाको लागत बढेको भन्दै हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ । बोर्डमा प्रस्ताव गरेको हकप्रद निष्काशन पछि कायम चुक्ता पूँजीको पनि थप ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागतमा केहि बृद्धि भएकोले उक्त आयोजनाको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्य रकम जुटाउन हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन पछि प्राप्त पूँजीबाट यस आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंक समक्षा माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद शेयर जारी गरी भुक्तानी गर्ने गरी हकप्रद शेयरको प्रस्ताव गरेको हो ।

नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि पेश गरिएको हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ । यस पूँजीको पनि थप ४० प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५४ करोड १७ लाख पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS