आइएमई लाइफले दियो मृतक थापाको परिवारलाई २० लाख मृत्यु दावी रकम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर शाखा कार्यालयले मृतकको परिवारलाई २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतक लक्ष्मण कुमार थापाको परिवारलाई उक्त रहक हस्तान्तरण गरेको हो ।

कोहलपुर ५ का ३४ वर्षिय थापाको बीमा गरेको एक वर्ष पूरा नहुदै गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मृतककी श्रीमती हिमा न्यैपानेले यो दुखको घडीमा कम्पनीले छिटो र छरितो रुपमा बीमा दाबी भुक्तानी गराई हाम्रो परिवारको घाउमा मलाम लगाइदिएको भन्दै कम्पनीलाई धन्यवाद व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार