IME Life

युवा सँग महालक्ष्मी लाईफ राष्ट्रिय बीमा जागरण अभियानका लागी दुई जिल्लामा समिति गठन 

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफको  युवा सँग महालक्ष्मी लाईफ कार्यक्रम अन्तर्गत  रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला समिति  गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला समिति  गठन भएको छ । असोज ९  गते रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा एक कार्यक्रम बीच  राष्ट्रिय बीमा जागरण जिल्ला समितिको गठन गरिएको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । शंभु सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख  दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता , रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए  ।

त्यसै गरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर  विनोद खरेलको संयोजकत्वमा २१ सदस्यीय  बारा जिल्ला राष्ट्रिय बीमा जागरण समिति  गठन गरिएको छ ।  नवगठित समितिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पसक प्र. अ. राम प्रसाद गौतमले मन्तव्य रखेका थिए । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS