काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले भदौ २७ गतेदेखि असोज २ गतेसम्म उक्त तालिमको आयोजना गर्न लागेको जनाएको छ । तालिम विहान ९ः४५ बजेबाट ११ः४५ बजेसम्मका लागि हुनेछ ।
तालिममा सहभागी हुनका लागि एसएलसी उर्तिण गरी १८ वर्ष पुरा भएको हुनुपर्नेछ । संस्थाको हकमा भने संचालक समितिले चयन गरेको कुनै एक संचालकले तालिम लिनुपर्नेछ ।
तालिममा सहभागी हुनका लागि नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, स्थायी लेखा नम्बर र पासपोर्ट साइजको ४ वटा फोटो हुनुपर्नेछ ।
तालिम अनलाईनबाट हुनेछ । तालिममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।