काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर लिलाीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । त्यसकारण सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक आवेदकले उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
बुधवारसम्म प्राप्त भएका बोलपत्र आगामी भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल नारायाणचौर, नक्सालमा खोलिने पनि कम्पनीले जनाएको छ ।