IME Life
Beema Board

आइएमई लाइफद्धारा १० लाख १३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

झापा । आइएमई लाइफ इन्स्योरेन्स कधम्पनीले झापामा १० लाख १३ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुद्धशान्ति ५ स्थित बीमित महेन्द्र पौडेलको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीका एक नम्बर प्रदेश प्रमुख मिलन दाहाल, बिर्तामोड शाखाका प्रमुख महेन्द्र तिम्सिना, बुद्धशान्ति गाउँपालिका, वडा नं. ५ का वडाध्यक्ष वासुदेव खतिवडा र वडा नं. ६ का वडाध्यक्ष शम्भु पौडेलले संयुक्त रूपमा बीमितकी श्रीमती लीलामाया पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

३९ वर्षीय बिमित महेन्द्र पौडेलले बिर्तामोड शाखाबाट २०७७ असोजमा १० लाखको बिमा पोलिसी खरिद गरेका थिए । गत साउन ५ गते उनको कोरोनाका कारण निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बिर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाले बीमा झन्झटिलो छ, यसले मानिसलाई झुलाउँछ भन्ने सोचाइ गलत रहेको बताउँदै बीमा महत्वपुर्ण छ त्यसकारण सबैले बीमा गर्नुपर्ने धारण व्यक्त गरे ।

कम्पनीका प्रदेश प्रमुख मिलन दाहालले आइएमई लाइफ दाबी भुक्तानीका सन्दर्भमा नेपालमै अग्र स्थानमा रहेको बताए । कम्पनीले आजसम्म कुनै पनि बिमितको दाबी भुक्तानी नअड्काएको उनको धारण थियो ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शम्भु पौडेलले आइएमई लाइफले यस क्षेत्रमा सराहनीय कार्य गरेको धारणा अघि सारे । घरमूलीको निधनले शोकमा परेको परिवारलाई दाबी भुक्तानीले राहत मिल्ने उनले बताए ।

कार्यक्रमको वडा नं. ५ का अध्यक्ष वासुदेव खतिवडाले बीमा झन्झटिलो नभएको र सजिलै भुक्तानी हुने उनले स्पष्ट पारे ।

बिमित पौडेलको घरमा आयोजित कार्यक्रममा कम्पनीका चिफ एजेनसी म्यानेजर नगेन्द्र श्रेष्ठ, हरिकुमार खनाल, सिनियर एजेन्सी म्यानेजर हरि कुमार पुरीलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS